नेपालगन्जमा गरियाे आजदेखि लकडाउन

  • प्रकाशित मिति : April 22, 2021
  • sthaniyasarkar.com

काठमाडाैँः विश्वभर कोरोना महामारीले बिकराल रुप लिएसंगै नेपालगन्जमा आजदेखि लकडाउन गरिएको छ। अति आवश्यक बाहेकका अन्य व्यवसाय खुलेका छैनन् । लकडाउन एक सातासम्म हुने जनाइएको छ ।

नेपालगन्जका सबै स्थानमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । सडकमा अति आवश्यक कामका ब्यक्तिहरु मात्रै हिंडेको देख्न सकिन्छ । सुरक्षाकर्मीहरुले अनावश्यक रुपमा फाट्टफुट्ट हिंडेकालाई सम्झाईबुझाई फर्काइरहेको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै भारतबाट  नेपालगन्जको जमुनहा नाकामा आइपुगेका नेपालीहरुलाई  नेपालगन्ज उपमहानगरपालिकाले बसबाट ल्याउने कार्य जारी रहेको उपमहानगरपालिकाले जनाएको छ । पहिले नै तोकिएका परीक्षा भने सन्चालन  भइरहेको छ ।