कोशी प्रदेशमा बाढी–पहिरोबाट २ अर्ब ६ करोडभन्दा बढीको क्षति

विराटनगर । असोज १८ र १९ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण कोशी प्रदेशमा सडक, पूर्वाधार, खानेपानी तथा सिँचाइ आयोजनामा २ अर्ब ६ करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको प्रदेश सरकारले जनाएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालय र ऊर्जा, खानेपानी तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्क अनुसार भौतिक पूर्वाधार अन्तर्गत मात्रै १ अर्ब […]
अलपत्र यात्रुको सहायता र खाद्यान्न व्यवस्थापन गर्न सरकारको निर्देशन

काठमाडौँ । अविरल वर्षा र पहिरोका कारण देशभर विभिन्न राजमार्गमा अलपत्र परेका यात्रुहरूको लागि सरकारले खाद्यान्न उपलब्ध गराउन स्थानीय सरकारहरूलाई निर्देशन दिएको छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जिल्ला प्रशासन कार्यालयमार्फत सबै स्थानीय प्रशासनलाई खाद्यान्नको व्यवस्था मिलाउन निर्देशन जारी गरेको हो । देशभरका राजमार्गहरू वर्षाका कारण अवरुद्ध भएका कारण यात्रुहरू अलपत्र परिरहेका छन् । साथै […]
सुस्ता पारिका बासिन्दालाई सुरक्षित स्थानमा बस्न पालिकाको आग्रह

परासी । वर्षाका कारण नारायणी नदीमा बाढी आएपछि पश्चिम नवलपरासीको सुस्ताका स्थानीयलाई सुरक्षित आवासमा बस्न आग्रह गरेको छ । सुस्ता गाउँपालिका–५ नारायणी पारिको बस्तीमा हरेक वर्ष बाढी पस्ने र डुबान हुने समस्या छ । केही दिन अगाडि पनि नारायणी नदीमा बाढी आउँदा थारु टोल जलमग्न भएको थियो । शनिबार र आइतबार भारी वर्षा हुने भनेकाले नदीको सतह […]
यी नदीहरूमा बाढीको जोखिम उच्च

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न नदीमा पानीको बहाव बढ्ने जानकारी दिएको छ । महाशाखाका अनुसार सिन्धुपाल्चोक, कैलाली, कञ्चनपुर र आसपासका जिल्लाहरूमा साना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्ने तथा सोझै बाढी आउन सक्ने उच्च सम्भावना रहेको छ। यस्तै, दोलखा, काठमाडौँ, भक्तपुर, ललितपुर र आसपासका जिल्लाहरूमा मध्यम जोखिम […]
आज ५२ जिल्लामा बाढीको सम्भावना, काठमाडौँसहित ३१ वटामा ‘एल्लो अलर्ट’

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज शुक्रबार राजधानी काठमाडौँसहित देशका ५२ जिल्लामा बाढीले जोखिम निम्त्याउन सक्ने सम्भावना देखिएको जानकारी दिएको छ। उल्लिखित जिल्लामध्ये बाढी महाशाखाले ३१ जिल्लालाई पहेँलो रङ अर्थात् एल्लो अलर्टसमेत दिएको छ। बाढी महाशाखाका अनुसार आज दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, रुकुमपूर्व, रुकुमपश्चिम, सल्यान, सुर्खेत, दैलेख, […]
इको पहिरोले सय घरबस्ती उच्च जोखिममा

सिन्धुपाल्चोक । इको पहिरोका कारण भोटेकोशी गाउँपालिका–२ का सय बढी घरबस्ती उच्च जोखिममा परेको छ । वर्षातले इको पहिरो बगिरहेको र तल भोटेकोशी नदीको बहावले पहिरो तानिरहेपछि इको पहिरोमाथिका बस्ती उच्च जोखिममा परेका छन् । इको पहिरोमाथि चौकीडाँडा, गुम्बाडाँडा, मिलनबजार, लालविरचोक, कोदारी गुम्बा क्षेत्र, कुदुङ गाउँ, तक्पासा, तार्तुङ, क्युसा, छेर्माङ, डमार, तामाङ गुम्बा लगायतका घरबस्ती उच्च […]
आज देशका यी नदीमा बाढीको जोखिम उच्च

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आजका लागि बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै प्रमुख नदीहरूमा जलस्तर उल्लेख्य बढ्ने तथा केही नदीहरूमा आकस्मिक बाढीको सम्भावना रहेको जनाएको छ। आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यीनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव […]