काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आजका लागि बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै प्रमुख नदीहरूमा जलस्तर उल्लेख्य बढ्ने तथा केही नदीहरूमा आकस्मिक बाढीको सम्भावना रहेको जनाएको छ।
आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यीनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ। यद्यपि, आज बिहान ५ बजेदेखि भोलि बेलुकी ५ बजेसम्मको पूर्वानुमान अनुसार, कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती र पश्चिम राप्तीका विभिन्न स्थानमा जलस्तर उल्लेख्य बढ्ने देखिएको छ।
सप्तकोशी, चतरा, तमोर, त्रिवेणी, अरुण, सिम्ले, दुधकोशी, रसुवाबजार, तामाकोशी, बुस्ती, सुनकोशी, हम्पचुवार, नारायणी, देवघाट, त्रिशुली, बेत्रावती, बुढीगण्डकी, आरुघाट, मर्स्याङ्दी, विमल नगर, सेती, दैलेख, कालिगण्डकी, कुमालगाउँ, कर्णाली, चिसापानी, कर्णाली, असाराघाट, भेरी, सम्सिझट, पश्चिम सेती, दिपायल, महाकाली, पारिगाउँ, कन्काई, मैनाचुली, कमला नदी, वेलसोत, बागमती, पधेराडोभान, पूर्वी राप्ती, रजैय्या, पश्चिम राप्ती, कुसुम, बबई, चेपाड जस्ता स्थानहरूमा जलस्तर उल्लेख्य बढ्ने अनुमान गरिएको छ।
सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, अछाम, डोटी, डडेलधुरा, बैतडी, दार्चुला, बझाङ, बाजुरा, बर्दिया, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बग्ने स(साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।

12

Leave a Reply

Your email address will not be published. Required fields are marked *