काठमाडौँ । अविरल वर्षा र पहिरोका कारण देशभर विभिन्न राजमार्गमा अलपत्र परेका यात्रुहरूको लागि सरकारले खाद्यान्न उपलब्ध गराउन स्थानीय सरकारहरूलाई निर्देशन दिएको छ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जिल्ला प्रशासन कार्यालयमार्फत सबै स्थानीय प्रशासनलाई खाद्यान्नको व्यवस्था मिलाउन निर्देशन जारी गरेको हो ।

देशभरका राजमार्गहरू वर्षाका कारण अवरुद्ध भएका कारण यात्रुहरू अलपत्र परिरहेका छन् । साथै जनजीवन प्रभावित बनेको अवस्थामा तत्काल राहतका लागि यस्तो व्यवस्था गरिएको हो ।

प्राधिकरणले सबै तहमा सहकार्य गरी प्रभावितहरूलाई सहयोग पुर्‍याउन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *