काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज शुक्रबार राजधानी काठमाडौँसहित देशका ५२ जिल्लामा बाढीले जोखिम निम्त्याउन सक्ने सम्भावना देखिएको जानकारी दिएको छ।

उल्लिखित जिल्लामध्ये बाढी महाशाखाले ३१ जिल्लालाई पहेँलो रङ अर्थात् एल्लो अलर्टसमेत दिएको छ।

बाढी महाशाखाका अनुसार आज दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, रुकुमपूर्व, रुकुमपश्चिम, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, अछाम, डोटी, डडेलधुरा, बैतडी, दार्चुला, बझाङ, बाजुरा, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको मध्यम जोखिम हुने उच्च सम्भावना छ। यिनै ३१ जिल्लालाई बाढी महाशाखाले पहेँलो रङमा राखेको हो।

साथै आज इलाम, झापा, ताप्लेजुङ, तेह्रथुम, रामेछाप, सिन्धुली, मकवानपुर, धादिङ, नुवाकोट, स्याङ्जा, गुल्मी, अर्घाखाँची, पाल्पा, प्युठान, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, दाङ, जुम्ला, डोल्पा, मुगु, हुम्ला र आसपासका जिल्ला भई बहने केही ससाना नदीको पनि बहाब उल्लेख्य बढ्ने अनुमान छ र आकस्मिक बाढीको मध्यम जोखिम हुन सम्भावना मध्यम रहेको बाढी महाशाखाले उल्लेख गरेको छ।

बाढी महाशाखाका अनुसार आज बिहानको मापनमा कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाब सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *