परासी । वर्षाका कारण नारायणी नदीमा बाढी आएपछि पश्चिम नवलपरासीको सुस्ताका स्थानीयलाई सुरक्षित आवासमा बस्न आग्रह गरेको छ ।

सुस्ता गाउँपालिका–५ नारायणी पारिको बस्तीमा हरेक वर्ष बाढी पस्ने र डुबान हुने समस्या छ । केही दिन अगाडि पनि नारायणी नदीमा बाढी आउँदा थारु टोल जलमग्न भएको थियो ।

शनिबार र आइतबार भारी वर्षा हुने भनेकाले नदीको सतह बढ्ने जोखिम भएकाले बाढी र विपत्तिमा आश्रय लिनका लागि निर्माण गरिएको भवनमा रातिको समयमा बस्न आग्रह गरिएको गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले बताए ।

तिनतर्फ नारायणी नदी र एकतर्फ भारतीय सीमाना रहेको यो वस्तीमा नारायणी नदीको बाढी पस्न सक्ने जोखिम बढी छ । जोखिम बढी भएकाले पालिकाले सुरक्षित आवास भवन निर्माण गरेको हो । सुस्ता पारि २ सय ५० घर परिवारको बसोबास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *