मधेशका ३२ सिटमध्ये ३० मा रास्वपाको जीत, धनुषा–१ को परिणाम रोकियो

जनकपुरधाम। प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत मधेश प्रदेशका ३२ सिटमध्ये ३१ सिटको नतिजा सार्वजनिक हुँदा Rastriya Swatantra Party (रास्वपा)ले ३० सिटमा जित हासिल गरेको छ। रौतहट क्षेत्र नं. २ मा भने Nepali Congress का मोहम्मद फिरदोश आलम २९ हजार ५२८ मतसहित निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी किरणकुमार साह ले १८ हजार ४४२ मत प्राप्त गरे। […]

मधेश प्रदेशले बेरोजगार युवालाई प्रतिमहिना २ हजार भत्ता, किसानलाई प्रतिकठ्ठा १५ सय राहत दिने तयारी

जनकपुरधाम, मंसिर ११— मधेश प्रदेश सरकारले बेरोजगार युवादेखि किसानसम्मलाई लक्षित गर्दै महत्वपूर्ण राहत तथा सुविधा–पैकेज घोषणा गरेको छ। स्नातक तह उत्तीर्ण गरी काम नपाइ रहेका युवालाई सरकार अब प्रतिमहिना २ हजार रुपैयाँ बेरोजगारी भत्ता दिने तयारीमा छ। मुख्यमन्त्री सरोजकुमार यादवले मंसिर ८ गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै प्रदेशभरि सुख्खा र अविरल वर्षाको दोहोरो […]

मधेस प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालयमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम। मधेशमा नयाँ मुख्यमन्त्री नियुक्त विवादलाई लिएर तोडफोड सुरु भएको छ । असन्तुष्ट पक्षले प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको कार्यालयमा तोडफोड गरेका छन् । आज बिहानै कांग्रेस सहितका सांसदहरू मुख्यमन्त्रीको कार्यालयभित्र पुगेर कार्यकक्षमा तोडफोड गर्नुका सथै नेपालको राष्ट्रिय झन्डा निकालेर फालेका छन् । झन्डा फाल्ने कांग्रेसका प्रदेश सांसद वीरेन्द्र कुमार सिंह हुन् । तोडफोडबाट कार्यकक्षमा सामान्य क्षति […]

जनकपुरबाट काठमाडौँ जान भनेर हिँडेकी प्रदेश प्रमुख भण्डारीले बर्दिवासको होटलमा गराइन् मुख्यमन्त्रीलाई शपथ

काठमाडौं। एमालेका सरोजकुमार यादवलाई ठूलो दलको हैसियतमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त गरेकी छन्। आज बिहान पाँच बजेर २० मिनेट जाँदा महोत्तरीको बर्दिवास- ३ कालापानीस्थित पानस कटेजमा भण्डारीले यादवलाई मधेसको मुख्यमन्त्री नियुक्त गर्दै शपथ ग्रहणसमेत गराएकी एमाले प्रदेश सभा सदस्य शारदा थापाले जानकारी दिइन्। यादव एमाले संसदीय दलका नेता हुन्। मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश […]

मधेसमा एमाले, राप्रपा र संघीय समावादीबाट एक-एकजना मन्त्री नियुक्त, होटलमै शपथ

काठमाडौं। मधेसको मुख्यमन्त्री नियुक्त भएलगत्तै सरोजकुमार यादवले अन्य तीन मन्त्री नियुक्त गरेका छन्।  एमाले, संघीय समाजवादी र राप्रपाबाट यादवले एक–एकजना मन्त्री नियुक्त गरेका हुन्। नवनियुक्त मन्त्रीलाई पनि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बर्दिवासको पानस होटलमै शपथ गराएकी छन्। मधेस प्रदेश सभामा संघीय समाजवादी र राप्रपाको एक–एक जना सांसद छन्। नवयिनुक्त मन्त्रीहरूलाई मन्त्रालय भने नतोकिएको एमाले […]

मधेस प्रदेशको मुख्यमन्त्रीमा सोनल नियुक्त : बाहिर नाराबाजी

काठमाडौँ : मधेस प्रदेशको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता जितेन्द्रप्रसाद सोनल नियुक्त भएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । नयाँ नेतृत्वका लागि बुधबार दिउँसो ४ बजेसम्म प्रदेश प्रमुख भण्डारीले समय सीमा तोकेकी थिइन् । आजै कांग्रेस–एमालेबाहेकको ६ दलको […]

जलेश्वर डुबानमा, दर्जनौँ कार्यालयमा पानी

महोत्तरी । लगातारको वर्षापछि आएको बाढीका कारण महोत्तरीको सदरमुकाम जलेश्वरमा दर्जनभन्दा बढी सरकारी कार्यालय डुबानमा परेका छन् । विद्युत् सबस्टेशनमा पानी पसेपछि तीन दिनदेखि क्षेत्र अन्धकारमा छ । बाढीका कारण प्रादेशिक अस्पताल, विद्युत प्राधिकरण, नेपाल टेलिकम, लोकसेवा आयोग, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालतलगायत कार्यालय प्रभावित छन् । जलेश्वरलाई जोड्ने प्रमुख सडकहरु समेत अवरुद्ध छन् । रतवारामा […]

मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौँ । मधेस प्रदेशका ८ वटै जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ। गृहमन्त्री रमेश लेखकको प्रस्तावमा मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको हो । मधेश प्रदेशका जिल्लाहरुमा अनावृष्टिका कारण जमिनमा पानीको पर्याप्त पुनर्भरण हुन नसकेको र अति दोहनले भूमिगत पानीको मुहान सुक्न थालेको पानीको कमीले सिँचाइ प्रणालीमा समेत प्रभाव परेकाले संकटग्रस्त क्षेत्र घोषणाका लागि प्रस्ताव पेस […]

मधेश सरकारको बजेट प्रदेश प्रमुख भण्डारीद्वारा प्रमाणीकरण

जनकपुरधाम । मधेश प्रदेशको प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रमाणीकरण गरेकी छन् । बुधबार साँझ प्रदेश प्रमुख भण्डारीले नेपालको संविधानको धारा १९९ बमोजिम पारित भई धारा २०१ के उपधारा (१) बमोजिम प्रमाणित भई प्रमाणिकरणका लागि पेश भएकोमा दुई विधेयकलाई प्रमाणीकरण गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । […]

सर्वोच्चको फैसलापछि वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर

विरगन्ज ।  लामो समयदेखिको कानुनी  प्रकृयामा रहेको विरगन्जको  मुख्य सडक विस्तार अभियान सोमबारदेखि महानगरले रूपमा सुरु भएको छ। सर्वोच्च अदालतले सडक विस्तारविरुद्ध परेको मुद्दा खारेज गरेसँगै वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको नेतृत्वमा डोजरसहितको टोली घण्टाघर-भन्सार सडकखण्डमा विस्तार गरेको हो। वीरगन्ज महानगरले बहुप्रतिक्षित त्रिभुवन राजपथको २५ मिटर चौडा गर्ने योजना कार्यान्वयनमा ल्याएको थियो। वर्षौंदेखि रोकिएको यो अभियानले […]