गौशालाकी उपप्रमुखलाई कार्यालय प्रवेशमा रोक

महोत्तरी।महोत्तरीको गौशाला नगरपालिकाकी उपप्रमुख रेणु कुशवाहालाई कार्यालय प्रवेशमा रोक लगाइएको छ। नगरप्रमुख डा.दिपेन्द्र महतोसँगको विवादपछि उनलाई आज मंगलबार कार्यालय प्रवेशमा रोक लगाइएको हो। आइतबार कुशवाहाले नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले एउटा फाइलमा दर्ता चलानी नै खाली राखेर अघि बढाएको भन्दै दर्ता तथा चलानी किताब खोसेर ल्याएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै उनीहरूबीच विवाद छताछुल्ल […]
प्रदेशको कुल बजेट दुई खर्ब ८७ अर्ब, बागमतीको ६७ अर्ब

काठमाडौँ । प्रतिपक्षीको विरोध र आन्तरिक किचलोबिच प्रदेश सरकारहरूले आइतबार आगामी आर्थिक वर्ष २०८२/८३ को आय तथा राजस्वको अनुमान अर्थात् बजेट सार्वजनिक गरेका छन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार प्रत्येक वर्ष असारको १ गतेभित्र प्रदेश सरकारले बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान अनुसार प्रदेश सरकारहरूले आआफ्नो प्रदेश सभामा नयाँ बजेट प्रस्तुत गरेका हुन् । प्रतिपक्षीको विरोधका […]
गर्मी बढेपछि वीरगन्ज महानगरपालिकाका विद्यालय दुई दिन बन्द

पर्सा। अत्यधिक गर्मी बढेपछि वीरगन्ज महानगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिनका लागि बिदा दिइएको छ । महानगरपालिका कार्यालयले बिहीबार र शुक्रबारका लागि वर्षे बिदाबाट कट्टा हुने गरी बिदा दिएको हो । कार्यालयले बिहीबार सूचना जारी गर्दै केही दिनयता अत्यधिक गर्मी बढ्दै गएकाले बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै दुई दिन विद्यालय बन्द […]
राजविराजमा निलम्बित मेयरका यादवका समर्थकले गरे नगरपालिका तोडफोड

सप्तरी।सप्तरीको राजविराज नगरपालिकामा निलम्बित मेयरका समर्थकले तोडफोड गरेका छन्। नगरपालिकाकी कार्यवाहक मेयर इसरत परविनले निमित्त प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र यादवलाई पदभार ग्रहरण गराउन लागेपछि निलम्बित मेयर भीमराज यादवका समर्थक तोडफोडमा उत्रिएका हुन्। यादवका समर्थकले प्रहरीकै अगाडि कार्यालय तोडफोड गरिरहेका छन्। कार्यालयमा बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भने गरिएको छ। भ्रष्टाचार मुद्दामा निलम्बित […]
नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मधेश प्रदेश

जनकपुर । मधेश प्रदेश सरकारले शुक्रबार आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । दिउँसो ३ बजे बस्ने प्रदेशसभाको विशेष बैठकमार्फत् प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । आगामी नीति तथा कार्यक्रमको मूल केन्द्रबिन्दु कृषिक्षेत्रको आमूल सुधार हुने बताइएको छ । सरकारले आन्तरिक […]
मधेश सरकारका पूर्वअर्थमन्त्री विजयकुमारसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सरकारका तत्कालीन अर्थमन्त्री विजयकुमार यादवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।माछा पोखरी निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले आइतबार विशेष अदालतमा २९ करोड बिगो मागदाबी गर्दै उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो । आर्थिक वर्ष २०७५/७६ देखि आव ०७९ ८० सम्म अर्थमन्त्री रहेका यादवका साथै आयोगले बागमती नगरपालिकाका तत्कालीन नगरप्रमुख भरतकुमार थापा र उपप्रमुख लीलाकुमारी मुक्तानलाई पनि प्रतिवादी बनाएको […]