महोत्तरी।महोत्तरीको गौशाला नगरपालिकाकी उपप्रमुख रेणु कुशवाहालाई कार्यालय प्रवेशमा रोक लगाइएको छ। नगरप्रमुख डा.दिपेन्द्र महतोसँगको विवादपछि उनलाई आज मंगलबार कार्यालय प्रवेशमा रोक लगाइएको हो।
आइतबार कुशवाहाले नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले एउटा फाइलमा दर्ता चलानी नै खाली राखेर अघि बढाएको भन्दै दर्ता तथा चलानी किताब खोसेर ल्याएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै उनीहरूबीच विवाद छताछुल्ल भएको छ।
अहिले उनी कार्यालयको गेटमै रोकिएको र नगर प्रहरीले गेटको ताला नखोलेको भिडिओ सार्वजनिक भएको छ। सार्वजनिक भिडिओमा उपप्रमुखले नगरप्रहरीलाई भनेकी छन्,किन लुकेर बसेको यता आऊ न आऊ।’
उनले भिडिओमा आफ्नो कार्यकक्ष पनि तोडफोड भएको सूचना पाएको सुनाएकी छन्।
उनका अनुसार आज कार्यपालिका बैठक पनि डाकिएको छ। ’कार्यपालिका १० बजे राखिएको थियो। सधैँ ढिला सुरु हुने भएकोले आज केही ढिला आएको म पनि कार्यव्यस्तताले पनि’ उनले भनेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *