निगौल गौशालालाई हस्तक्षेप नगर्न गौशाला नगरपालिकालाई उच्चको आदेश

बर्दीबास । उच्च अदालत जनकपुरले निगौल गौशालाको मन्जुरी विना गौशाला नगरपालिकालाई बजार ठेक्का प्रक्रिया अगाडि नबढाउन अन्तरिम आदेश दिएको छ । न्यायाधीशद्वय राजुराम सिलवाल र खेमराज भट्टको संयुक्त इजलासले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म गाई गौशालाको नाममा दर्ता रहेको कित्ता नं. ८२, ८३, ८४ मा कुनै प्रकारको हस्तक्षेप नगर्न नगराउन मङ्गलबार आदेश जारी गरेको हो । […]
गाई गौशाला र गौशाला नगरपालिकाबिचको विवाद चर्किदैँ

बर्दिबास । महोत्तरी जिल्लाको बर्दिबासस्थित निगौल गाई गौशाला र गौशाला नगरपालिकाबिचको विवाद चर्किदैँ गएको छ । जग्गा भाडा, बजार सञ्चालन अधिकार र कर बक्यौता जस्ता विषयमा सहमति नहुँदा स्थिति प्रतिदिन तनावग्रस्त बन्दै गएको हो । विसं. १९८३ सालमा तत्कालीन श्री ३ सरकार र भारतका दरभङ्गा महाराजको सत्प्रयासमा स्थापना भएको ऐतिहासिक धरोहर निगौल गाई गौशाला चौतर्फी […]
ठेक्काको विषयमा झडप हुदॅा गौशाला नगरपालिका –५ को वडा अध्यक्ष घाइते

गौशाला । गौशाला नगरपालिका –५ मा गोरु तथा खसीबजारको ठेक्काको विषयलाई लिएर झडप हुँदा चार जना घाइते भएका छन् । झडपमा परी वडा २ का वडा अध्यक्ष श्यामकुमार मण्डलसंगै स्थानीय विपिन साह, विजय यादव र सुरेन्द्र महतो घाइते भएको इलाका प्रहरी कार्यालय गौशालाले बताएको छ । गोरु तथा खसीबजारमा दुई पक्ष गौशाला नगरपालिका र निगौल […]
गौशालाकी उपप्रमुखलाई कार्यालय प्रवेशमा रोक

महोत्तरी।महोत्तरीको गौशाला नगरपालिकाकी उपप्रमुख रेणु कुशवाहालाई कार्यालय प्रवेशमा रोक लगाइएको छ। नगरप्रमुख डा.दिपेन्द्र महतोसँगको विवादपछि उनलाई आज मंगलबार कार्यालय प्रवेशमा रोक लगाइएको हो। आइतबार कुशवाहाले नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले एउटा फाइलमा दर्ता चलानी नै खाली राखेर अघि बढाएको भन्दै दर्ता तथा चलानी किताब खोसेर ल्याएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै उनीहरूबीच विवाद छताछुल्ल […]