विरगन्ज ।  लामो समयदेखिको कानुनी  प्रकृयामा रहेको विरगन्जको  मुख्य सडक विस्तार अभियान सोमबारदेखि महानगरले रूपमा सुरु भएको छ। सर्वोच्च अदालतले सडक विस्तारविरुद्ध परेको मुद्दा खारेज गरेसँगै वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको नेतृत्वमा डोजरसहितको टोली घण्टाघर-भन्सार सडकखण्डमा विस्तार गरेको हो।

वीरगन्ज महानगरले बहुप्रतिक्षित त्रिभुवन राजपथको २५ मिटर चौडा गर्ने योजना कार्यान्वयनमा ल्याएको थियो। वर्षौंदेखि रोकिएको यो अभियानले अब गति लिने भएको छ।

स्थानीयवासीले सडक विस्तार रोक्न दायर गरेको मुद्दामा सर्वोच्च अदालतले कुनै निर्देशनात्मक आदेश नदिएपछि महानगरलाई अतिक्रमण हटाउन कानुनी बाटो खुलेको हो।

महानगरको टोलीले भन्सार क्षेत्रबाट काम सुरु गरेको छ र गण्डक चोकसम्म सडकको दुवैतर्फ २५ मिटर कायम गर्ने लक्ष्य राखेको छ।

यो सडक (त्रिभुवन राजपथ) वीरगन्जको मुटु मानिन्छ। रक्सौल नाका हुँदै भित्रिने सवारी साधनका लागि प्रमुख प्रवेशद्वार पनि हो। नेपाललाई भारतको कोलकाता बन्दरगाहसँग जोड्ने प्रमुख मालवाहक मार्ग साँघुरो र अव्यवस्थित हुँदा दैनिक ट्राफिक जाम, दुर्घटना र धुलो-धुवाँको समस्या विकराल बनेको थियो।

महानगरपालिकाले भने ३० दिनअघि नै सार्वजनिक सूचना जारी गरी सडक क्षेत्रमा पर्ने संरचनाहरू स्वैच्छिक रूपमा हटाउन आग्रह गरेको थियो।

सो आग्रहलाई बेवास्ता गरिएपछि मात्रै डोजर चलाइएको महानगरले चलाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *