वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

पर्सा । वीरगञ्ज महानगरपालिकाले रेल्वे सडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल बजार सञ्चालनमा ल्याएको छ। यसबाट वीरगञ्जमा लामो समयदेखि रहेको थोक बजारको अभाव परिपूर्ति हुने विश्वास लिइएको छ। वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले यो बजार छपकैयाँवासीकै नाममा बनाइएको र यसलाई व्यवस्थित राख्न स्थानीयको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले डेढ वर्षअघि नै सञ्चालनमा ल्याउन खोजे […]
वीरगन्जमा जेनजी आन्दोलनको नाममा तोडफोड र आगजनी, १ अर्ब १५ करोडभन्दा बढीको क्षति

वीरगन्ज । जेनजी आन्दोलनका क्रममा वीरगन्ज महानगरपालिका कार्यालय तथा अन्य सरकारी संरचनामा भएको तोडफोड, आगजनी र लुटपाटबाट प्रारम्भिक अनुमान अनुसार १ अर्ब १५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको महानगरपालिकाले जनाएको छ। गत मंगलबार बसेको नगरपरिषद बैठकमा प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णले प्रस्तुत गरेको प्रतिवेदन अनुसार, महानगरको मुख्य कार्यालय भवन, चार वटा वडा कार्यालयहरू, केही स्वास्थ्य संस्था, […]
वीरगञ्ज महानगरका पूर्व मेयर प्रदीप सुवेदी राप्रपामा

काठमाडौँ । वीरगञ्ज महानगरपालिकाका पूर्व मेयर प्रदीप सुवेदी राप्रपामा प्रवेश गरेका छन् । राप्रपाका कार्यसम्पादन समिति सदस्य, सांसद दिपकबहादुर सिंहले वीरगञ्जमा आयोजित विस्तारित बैठकका क्रममा सुवेदीलाई पार्टीको सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका हुन् । लामो समय तत्कालीन राप्रपा नेपालमा सक्रिय सुवेदी पछिल्लो समय पार्टीगत रुपमा निस्क्रिय रहँदै आएका थिए । केन्द्रीय पर्यवेक्षकका रुपमा पर्सामा […]
सर्वोच्चको फैसलापछि वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर

विरगन्ज । लामो समयदेखिको कानुनी प्रकृयामा रहेको विरगन्जको मुख्य सडक विस्तार अभियान सोमबारदेखि महानगरले रूपमा सुरु भएको छ। सर्वोच्च अदालतले सडक विस्तारविरुद्ध परेको मुद्दा खारेज गरेसँगै वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको नेतृत्वमा डोजरसहितको टोली घण्टाघर-भन्सार सडकखण्डमा विस्तार गरेको हो। वीरगन्ज महानगरले बहुप्रतिक्षित त्रिभुवन राजपथको २५ मिटर चौडा गर्ने योजना कार्यान्वयनमा ल्याएको थियो। वर्षौंदेखि रोकिएको यो अभियानले […]
वीरगञ्ज महानगरले राति नै गर्छ नाली सरसफाइ

वीरगञ्ज।मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जमा दिनमा मात्र नभएर रातको समयमा पनि नाला सरसफाइ अभियान थालिएको छ ।दिउँसोका समयमा ट्राफिक जाम अत्यधिक हुने क्षेत्रमा लक्षित गरेर रातको समयमा पनि नाला सरसफाइ अभियानलाई तीव्रता दिएको छ । वीरगञ्ज महानगरले सोमबार रातको समयमा जिल्ला प्रशासन कार्यालयको प्राङ्गणसँगै मुख्य नालीलाई एक्जाभेटरको सहयोगमा पनि सरसफाइ अभियान अघि सर्यो । वीरगञ्ज […]
गर्मी बढेपछि वीरगन्ज महानगरपालिकाका विद्यालय दुई दिन बन्द

पर्सा। अत्यधिक गर्मी बढेपछि वीरगन्ज महानगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिनका लागि बिदा दिइएको छ । महानगरपालिका कार्यालयले बिहीबार र शुक्रबारका लागि वर्षे बिदाबाट कट्टा हुने गरी बिदा दिएको हो । कार्यालयले बिहीबार सूचना जारी गर्दै केही दिनयता अत्यधिक गर्मी बढ्दै गएकाले बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै दुई दिन विद्यालय बन्द […]