जनकपुरधाम । मधेश प्रदेशको प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रमाणीकरण गरेकी छन् ।

बुधबार साँझ प्रदेश प्रमुख भण्डारीले नेपालको संविधानको धारा १९९ बमोजिम पारित भई धारा २०१ के उपधारा (१) बमोजिम प्रमाणित भई प्रमाणिकरणका लागि पेश भएकोमा दुई विधेयकलाई प्रमाणीकरण गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश प्रमुख भण्डारीले नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम मधेस प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यको लागि मधेस प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेको निमित्त सचिव शत्रुधन यादवले जानकारी दिएका हुन् ।

सोमबार बसेको मधेश प्रदेशसभा बैठकबाट प्रदेश सरकारको बजेट पारित भएको थियो । प्रतिपक्षी दलले बैठक बहिष्कार गरेपछि प्रतिपक्षी दल बिनाको बैठकमा मधेस सरकारको आगामी आवको बजेट सर्वसम्मतले पारित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *