कक्षा ८ सम्म नैतिक शिक्षालाई समावेश गर्न स्थानीय सरकारलाई मुख्यमन्त्री बानियाँको आग्रह

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नैतिक शिक्षालाई समावेश गर्न आग्रह गरेका छन् । नेपाल स्काउट, बागमती प्रदेश स्काउट, महेन्द्र मावि र स्थानीय स्काउट हेटौडा १३ को संयुक्त आयोजनामा आजबाट सुरु भएको ५ दिने स्काउट ओ–रामा फेष्टिवल क्याम्प २०८२ कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले संघीयता प्रति देखिएको नकारात्मक भाष्यलाई चिर्न नैतिक […]
बागमती प्रदेशसभाको बैठक भदौ १५ गते बस्ने

हेटौँडा। बागमती प्रदेशसभाको बैठक भदौ १५ गते आइतबारलाई आव्हान भएको छ । भदौ १५ गते दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको प्रदेशसभाको सचिवालयले जनाएको छ। प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले बिहीबार जारी गरेको सूचना अनुसार प्रदेशसभाको छैटौं अधिवेशनअन्तर्गत बाह्रौ बैठक प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम आह्वान गरिएको छ । बैठकमा प्रदेश मामिला […]
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम द्रुत गतिमा काम गर्न मुख्यमन्त्री बानियाँको निर्देशन

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम द्रुत गतिमा अघि बढाउन निर्देशन दिनुभएको छ ।मुख्यमन्त्री बानियाँले प्रतिष्ठान र हेटौँडा अस्पताल अवलोकन गरेसँगै दुवै संस्थाको अवस्थाबारे बिहीबार छलफलपछि स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रदेशको गौरवको आयोजना भएको बताउनुभयो । प्रतिष्ठानका विभिन्न सङ्काय छुट्टाछुट्टै स्थानबाट सञ्चालन गर्नु समय र खर्चका दृष्टिले उचित नभएको उहाँले […]
बागमती प्रदेश सरकारद्वारा स्थानीय तहलाई कृषि उत्पादन कार्यक्रमको प्रस्ताव पेश गर्नको लागि सूचना

हेटौडा । बागमती प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले समूदायमा आधारित कृषि उत्पादन कार्यक्रममा सहकार्य गर्न इच्छुक स्थानीय तहहरूलाई प्रस्ताव पेश गर्ने सम्बन्धमा सूचना जारी गरेको छ। ग्रामिण विकासको नयाँ आयामलाई अघि बढाउने उद्देश्यले कृषि विकास निर्देशनालय र पशुपक्षी तथा सतत कृषि विकास मन्त्रालयले एक ठूलो कृषि उत्पादन कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ। […]
हेटौँडामा झाडापखाला र हैजा फैलने जोखिम: खानेपानी व्यवस्थापन बोर्डले सतर्कता अपनाउन आग्रह

हेटौँडा । हाल देशभर झाडापखाला र हैजाको प्रकोप फैलिरहेको अवस्थामा, मकवानपुर जिल्लामा पनि यी रोगहरू फैलन सक्ने जोखिम बढेको छ। यसैसँगै, हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले उपभोक्तालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। बोर्डका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सापकोटाले जारी गरेको सूचना अनुसार, “हालै विभिन्न स्थानमा देखिएका झाडापखाला र हैजाका प्रकोपलाई ध्यानमा राखेर मकवानपुर जिल्लामा […]
मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ

हेटौँडा । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा कांग्रेसको भागमा परेको ५ मन्त्रालयमा मन्त्री नियुक्तिको तयारी गरेका छन् । उनले कञ्चनचन्द्र वादे, सुरेश श्रेष्ठ, विनु रायमाझी, उर्मिला नेपाल र प्रभात तामाङलाई मन्त्रीमा सिफारिस गरेका हुन् । उनीहरूको शपथ ४ बजे हुने बताइएको छ । स्रोतका अनुसार श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय, नेपाललाई सामाजिक विकास मन्त्रालय, वादेलाई […]
सार्वजनिक खर्च कटौती गर्न सचिवहरूलाई मुख्यमन्त्री बानियाँको निर्देशन

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रालय र सरकारी निकायको सार्वजनिक खर्च कटौती गर्न निर्देशन दिएका छन् । उनले मन्त्रालय र निकायमा हुने अनावश्यक खर्च नियन्त्रण गरेर आर्थिक सुशासन कायम गर्न उनले निर्देशन दिएका हुन् । प्रदेशका मन्त्रालयका सचिवहरूको बुधबार सम्पन्न बैठकमा मुख्यमन्त्री बानियाँले मन्त्रालय सञ्चालनमा दक्षता, पारदर्शिता र समयमै सेवा वितरणलाई मुख्य एजेन्डा […]
साढे सात वर्षपछि बागमती प्रदेश सभाले पायो आफ्नै भवन

हेटौंडा । साढे सात वर्षपछि बागमती प्रदेश सभाले आफ्नै नयाँ भवन पाएको छ । विसं २०७४ माघ १८ गते पहिलो अधिवेशन बसेयता प्रदेश सभाको बैठक र सचिवालय तत्कालीन क्षेत्रीय शिक्षा निर्देशनालयको भवनबाट सञ्चालन हुँदै आएको थियो । भवन शिलान्यास गरिएको पाँच वर्षपछि प्रदेश सभा भवन मङ्गलबार प्रदेश सभा सचिवालयलाई हस्तान्तरण गरिएको हो । १८ महिनामा […]
बागमती प्रदेशः नव नियुक्त मुख्यमन्त्री बानियाँले विश्वासको मत लिँदै

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभामा विश्वासको मत लिँने भएका छन् । आज अपराह्न ४ः०० बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री बानियाँले विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिएका छन् । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का ६४ जना प्रदेशसभा सदस्यको समर्थनमा […]
बागमती प्रदेश सरकारको प्रवक्तामा तामाङ

काठमाण्डौं । बागमती प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी खानेपानी, ऊर्जा र सिँचाइमन्त्री कृष्णकुमार तामाङलाई दिइएको छ। प्रदेशका नवनियुक्त मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारको मंगलबार बसेको पहिलो मन्त्रिपरिषद् बैठकले मन्त्री तामाङलाई प्रवक्ताको जिम्मेवारी दिएको छ। बैठकले प्राकृतिक विपत्तीका कारण हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारी निकायलगायत अन्य सङ्घसंस्थालाई आन्तरिक मामिला र कानुन मन्त्रालयमार्फत समन्वयकारी ढङ्गले परिचालन गर्ने […]