हेटौँडा। बागमती प्रदेशसभाको बैठक भदौ १५ गते आइतबारलाई आव्हान भएको छ ।
भदौ १५ गते दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको प्रदेशसभाको सचिवालयले जनाएको छ।
प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले बिहीबार जारी गरेको सूचना अनुसार प्रदेशसभाको छैटौं अधिवेशनअन्तर्गत बाह्रौ बैठक प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम आह्वान गरिएको छ ।
बैठकमा प्रदेश मामिला समितिमा विचाराधीन २ विधेयकको प्रतिवेदन पेस हुने कार्यसूची रहेको सभामुख भुवनकुमार पाठकले जानकारी दिए । उनका अनुसार बैठकमा प्रदेश चिठ्ठा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको समितिको प्रतिवेदन पेस हुने कार्यसूची रहेको जनाइएको छ।
