बागमतीका छ जना प्रदेश सभा सदस्यको राजीनामा

मकवानपुर । बागमती प्रदेश सभाका छ जना प्रदेश सभा सदस्यले पदबाट राजीनामा दिनुभएको छ । आसन्न प्रतिनिध सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका दुई–दुई जना गरी छ जना प्रदेश सभा सदस्यले सोमबार राजीनामा दिनुभएको हो । कांग्रेसका कुन्दनराज काफ्ले, एमालेका अमनकुमार मास्के र […]
सुरक्षाको उचित व्यवस्थापनपछि मात्र निर्वाचन : मुख्यमन्त्री बाँनिया

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बाँनियाले नेपाल सरकारले सुरक्षाको उचित व्यवस्था नगरेसम्म तोकिएको समयमा निर्वाचन हुन कठिन हुने बताउनुभएको छ । सरकारले विश्वासको वातावरण सिर्जना गर्दै जिम्मेवार भएर अघि बढ्नु पर्नेमा उहाँको भनाइ छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा ९ गुफाडाँडामा आयोजित जलवायु सम्मेलन २०८२ का अवसरमा मुख्यमन्त्री बाँनियाले अफवाह फैलाउने र अराजक गतिविधि गर्ने […]
बागमती प्रदेशमा नयाँ मतदाता थपिँदै, कुल संख्या ३६ लाख नाघ्यो

मकवानपुर — आगामी फागुन २१ गते बागमती प्रदेशका १३ जिल्लामा हुने निर्वाचनका लागि दुई लाख पाँच हजार १६८ जना नयाँ मतदाता थपिएका छन्। नयाँ मतदाता समावेश भएपछि प्रदेशभर मतदाता संख्या बढेर ३६ लाख १८ हजार ३७ पुगेको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाले जनाएको छ। यसअघि २०७९ मङ्सिरमा सम्पन्न भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा बागमती प्रदेशमा […]
बागमती सरकारले ३ अर्ब ४७ करोड बजेट कटौती गर्ने निर्णय, ४३ शीर्षक प्रभावित

हेटौंडा, असोज १६ – बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको लागि विनियोजन गरिएको ६७ अर्ब ४७ करोड रुपैयाँमध्ये ३ अर्ब ४७ करोड १२ लाख रुपैयाँ बजेट कटौती गर्ने निर्णय गरेको छ। खर्चमा कडाइ गरी वित्तीय अनुशासन कायम राख्ने उद्देश्यले ४३ वटा शीर्षकमा क्रमशः ३०, ४० र ५० प्रतिशतसम्म बजेट घटाउने निर्णय गरिएको हो। अर्थमन्त्री तथा […]
बागमती प्रदेश सभा भवनः १२ करोड २९ लाख रुपैयाँमा निर्माण, तीन बैठक मात्र चल्न पायो

हेटौंडा । गत मंगलबार भएको जेन–जी आन्दोलनका क्रममा बागमती प्रदेश सभाको नवनिर्मित भवन पूर्ण रूपमा जलेर नष्ट भएको छ। करिब १२ करोड २९ लाख रुपैयाँ लागतमा निर्माण गरिएको उक्त भवनमा उद्घाटन भएको एक महिना नपुग्दै आगजनी भएको हो। अगस्त ११ (२०७९ साउन २७) मा औपचारिक रूपमा उद्घाटन गरिएको भवनबाट जम्मा तीनवटा मात्र बैठक सञ्चालन भएका थिए। […]
मकवानपुरमा कर्फ्युको आदेश

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कर्फ्यु आदेश जारी राखेको छ । मंगबार दिउँसो १ बजेबाट लगाइएको आदेशलाई निरन्तरता दिएको हो । प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम प्राप्त अधिकार प्रयोग गरी अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेकी हुन् । आदेशअनुसार, कर्फ्यु लागू भएको […]
हेटौंडामा बिहानैदेखि प्रदर्शन, जेनजीको समर्थनमा सर्वसाधारण सडकमा

हेटौंडा । हेटौंडामा बिहानैदेखि सरकार विरोधी प्रदर्शन सुरु भएको छ। जेनजी पुस्तालाई समर्थन गर्दै हेटौंडा १६ मा आम सर्वसाधारण टायर बालेर बिरोधमा उत्रिएका हुन्।भ्रष्टाचारको अन्त्य, सुशासनको प्रत्याभूति र अभिव्यक्ति स्वतन्त्रताका लागि सामाजिक सञ्जाल फिर्ता लगाएतको माग राख्दै जेनजी पुस्ताले सोमबारबाट सुरु गरेको आन्दोलनमा भएको बल प्रयोगका क्रममा १९ जनाको मृत्यु र सयौं घाइते भएपछि आम […]
मुख्यमन्त्री बानियाद्वारा छोनाम पर्व २०८२ को शुभकामना

हेटौंडा, २२ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री युवराज दुलाल (समीर) ले बागमती प्रदेशवासी तथा सम्पूर्ण नेपालीलाई छोनाम (न्याङी) पर्व २०८२ को अवसरमा शुभकामना व्यक्त गरेका छन्। छोनाम पर्वले सबै जातजाति, समुदाय, धर्म, संस्कृति, परम्परा तथा पहिचानको संरक्षण र प्रवर्द्धनमा टेवा पु¥याउने भन्दै मुख्यमन्त्री दुलालले पर्वको महत्वलाई स्मरण गराएका छन्। विविधतायुक्त नेपाली समाजमा यस्ता पर्वहरूले आपसी एकता, […]
१० लाख माथिका योजना ठेक्का प्रक्रियाबाट गर्ने बागमती सरकारको निर्णय

मकवानपुर । बागमती प्रदेश सरकारले १० लाख रुपैयाँ भन्दा माथिका योजना ठेक्का प्रक्रियाबाट गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १० लाख रुपैयाँभन्दा बढी लागतका आयोजनाहरू अनिवार्य रूपमा ठेक्का प्रक्रियाबाट मात्र कार्यान्वयन गर्नुपर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार सार्वजनिक निर्माणसम्बन्धी आयोजना कार्यान्वयनको मार्गदर्शनलाई […]
‘चलचित्र विकास बोर्ड’को माग गर्दै मुख्यमन्त्री बानियाँलाई पत्र

काठमाडौँ । बागमती प्रदेशमामा पनि ‘बागमती प्रज्ञा प्रतिष्ठान’ र ‘बागमती चलचित्र विकास बोर्ड’को माग गर्दै सांस्कृतिककर्मीको एक समूहले टोलीले नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई औपचारिक मागपत्र बुझाएका छन् । सांस्कृतिक महासंघका सभापति तीर्थ बहादुर थापाको नेतृत्वमा गएको एक टोलीले मुख्यमन्त्री बानियाँलाई स्वागत तथा सम्मान गर्दै उक्त माग राखेका हुन् । मागपत्रमा गण्डकी, मधेस र सुदूरपश्चिम प्रदेशले […]