हेटौंडा । हेटौंडामा बिहानैदेखि सरकार विरोधी प्रदर्शन सुरु भएको छ। जेनजी पुस्तालाई समर्थन गर्दै हेटौंडा १६ मा आम सर्वसाधारण टायर बालेर बिरोधमा उत्रिएका हुन्।भ्रष्टाचारको अन्त्य, सुशासनको प्रत्याभूति र अभिव्यक्ति स्वतन्त्रताका लागि सामाजिक सञ्जाल फिर्ता लगाएतको माग राख्दै जेनजी पुस्ताले सोमबारबाट सुरु गरेको आन्दोलनमा भएको बल प्रयोगका क्रममा १९ जनाको मृत्यु र सयौं घाइते भएपछि आम सर्वसाधारण सडकमा आउन थालेका छन् ।
हेटौंडामा आज पनि जेनजी पुस्ताले प्रदर्शनको तयारी गरेको छ । उनीहरुले आज बिहान् १० बजे हेटौंडा उपमहानगरपालिकाको गेट अगाडि भेला हुन आह्वान गरेको छन् । बिहानैबाट हेटौंडा बजारमा बाक्लो सुरक्षाकार्मीको उपस्थिती रहेको छ । यता पश्चिम मकवानपुरमा जेनजीको समर्थनमा व्यपारीहरुले बजार बन्द गरेका छन् । व्यापारीहरुले प्रदर्शनको समर्थनमा स्वतः बजार बन्द गरेको बताएका छन् ।उनीहरूले राजमार्ग समेत बन्द गराएका छन् ।