हेटौँडा उपमहानगरकी मेयर लामाको राजीनामा माग गर्दै जेनजीको प्रदर्शन

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाको राजीनामा माग गर्दै जेन्जी समूहले प्रदर्शन गरेको छ । मेयर लामाको अभिव्यक्ति प्रति असन्तुष्टि व्यक्त गर्दै जेन जी पुस्ताले राजीनामा माग गरेको हाे । मेयर लामाले सोमबार तराई मधेसका विद्यार्थीलाई विभेदपूर्ण अभिव्यक्ति दिएकी थिइन् । आक्रोशित युवाहरूले मकवानपुर बहुमुखी क्याम्पस प्राङ्गणमा रहेको स्ववियु र दलका भातृ सङ्गठनका […]

हेटौंडामा बिहानैदेखि प्रदर्शन, जेनजीको समर्थनमा सर्वसाधारण सडकमा

हेटौंडा । हेटौंडामा बिहानैदेखि  सरकार विरोधी प्रदर्शन सुरु भएको छ। जेनजी पुस्तालाई समर्थन गर्दै हेटौंडा १६ मा आम सर्वसाधारण टायर बालेर बिरोधमा उत्रिएका हुन्।भ्रष्टाचारको अन्त्य, सुशासनको प्रत्याभूति र अभिव्यक्ति स्वतन्त्रताका लागि सामाजिक सञ्जाल फिर्ता लगाएतको माग राख्दै जेनजी पुस्ताले सोमबारबाट सुरु गरेको आन्दोलनमा भएको बल प्रयोगका क्रममा १९ जनाको मृत्यु र सयौं घाइते भएपछि आम […]

२०६२/६३ को आन्दोलन र प्रहरी दमन भुलाउने भाद्र २३– एक चिन्तित नागरिक

काठमाडौं । नेपालको इतिहासमा २०६२/०६३ को जनआन्दोलनले गहिरो मोड ल्याएको दिन सम्झनलायक मात्र होइन, चेतनाको प्रतिनिधि पनि हो। जनताको बलिदान, राजनीतिक दलहरूको एकता र नागरिक आन्दोलनको साझा सपना थियो — निरंकुशताबाट मुक्त लोकतान्त्रिक नेपाल निर्माण गर्ने। तर, हिजोको मिति भाद्र २३ मा देशका विभिन्न स्थानमा देखिएको प्रहरीको अतिरेक, शान्तिपूर्ण प्रदर्शनमाथिको दमन र सर्वसाधारणमाथिको व्यवहारले त्यही […]

काठमाडौँमा पनि आज बिहानैदेखि कर्फ्यु

काठमाडौं । काठमाडौँमा पनि आज बिहानैदेखि मध्यरातिसम्म कर्फ्यु आदेश जारी भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले मंगलबार बिहान साढे ८ बजेदेखि अर्को आदेश नभएसम्म काठमाडौँ महानगरपालिकाको चक्रपथ क्षेत्र भित्र कर्फ्यू आदेश जारी गरेको हो।

ललितपुरका विभिन्न स्थानमा बिहानैदेखि कर्फ्यु

ललितपुर । स्थानीय प्रशासनले आज बिहानैदेखि ललितपुरका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। मंगलबार बिहान प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले सूचना जारी गर्दै आज बिहान सात बजेदेखि राति १२ बजेसम्मको लागि चार किल्ला तोकेर कर्फ्यु आदेश जारी गरेका हुन्। सूचना अनुसार ललितपुर महानगरपालिकाको वडा नम्बर २, ४, ५, १५ र २४ भित्रका क्षेत्रमा कर्फ्यु […]

प्रदेश राजधानी हेटौँडामा पनि जेनजीको प्रदर्शन

हेटौँडा । जेनजी पुस्ताले बागमती प्रदेश राजधानी हेटौँडामा पनि प्रदर्शन गरेका छन् । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा उनीहरुले सोमबार देशव्यापी प्रदर्शन गरिरहेका छन् । हेटौँडाको प्रदर्शनमा विद्यालय र कलेजका विद्यार्थी औपचारिक पोशाकमै प्रदर्शनमा उत्रिए । हेटौँडाको उपनगरपालिका चोक, हुप्रचौरबाट निस्किएको प्रदर्शन बुद्धचोकमा आएको थियो । उनीहरुले दुई घण्टासम्म बुद्धचोक ठप्प पारे । प्रदर्शनको […]

राजधानीका उच्च सुरक्षा क्षेत्रहरूमा कर्फ्यु, शीतलनिवास र सिंहदरबार पनि प्रभावित

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले थप क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । आज दिउँसो १ बजेदेखि राति १० बजेसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको हो । काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले थप क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । आज दिउँसो १ बजेदेखि राति १० बजेसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको हो । प्रशासनले […]

जेनजी आन्दोलन : प्रहरीको गोली लागेर एक जनाको मृत्यु

काठमाडौं । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एकजनाको मृत्यु भएको छ भने ७०–८० जना घाइतेको उपचाररत छन् ।उनको परिचय खुल्न बाँकी छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ […]

प्रदर्शनकारीले रोकेपछि फर्कियो सेना, सशस्त्र र प्रहरीको गाडी

काठमाडौँ । काठमाडौँमा जारी प्रदर्शनकारी जेनजी संसद् घेराउ गर्न पुगेपछि थप सुरक्षा दिन जाँदै गरेको सशस्त्र प्रहरीको गाडी फर्काइएको छ। सडक नै कब्जा गर्दै प्रदर्शनकारीले बाटो छेकेपछि सशस्त्रको गाडी रोकिएको थियो। उक्त गाडी र गाडीमा रहेका सशस्त्रलाई लिन सेनाको एक गाडी र प्रहरीको गाडी पुगेको थियो। तर ती सबै गाडी त्यहीँबाट फर्किएका छन्। प्रहरी र […]