काठमाडौँ । काठमाडौँमा जारी प्रदर्शनकारी जेनजी संसद् घेराउ गर्न पुगेपछि थप सुरक्षा दिन जाँदै गरेको सशस्त्र प्रहरीको गाडी फर्काइएको छ।

सडक नै कब्जा गर्दै प्रदर्शनकारीले बाटो छेकेपछि सशस्त्रको गाडी रोकिएको थियो।

उक्त गाडी र गाडीमा रहेका सशस्त्रलाई लिन सेनाको एक गाडी र प्रहरीको गाडी पुगेको थियो। तर ती सबै गाडी त्यहीँबाट फर्किएका छन्। प्रहरी र सेना अहिले हिँडेरै संसद् भवनतर्फ जाने तयारी गरेका छन्।

बानेश्वर क्षेत्रमा प्रशासनले कर्फ्यु आदेश जारी गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *