हेटौडा ।  बागमती प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले समूदायमा आधारित कृषि उत्पादन कार्यक्रममा सहकार्य गर्न इच्छुक स्थानीय तहहरूलाई प्रस्ताव पेश गर्ने सम्बन्धमा सूचना जारी गरेको छ।

ग्रामिण विकासको नयाँ आयामलाई अघि बढाउने उद्देश्यले कृषि विकास निर्देशनालय र पशुपक्षी तथा सतत कृषि विकास मन्त्रालयले एक ठूलो कृषि उत्पादन कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ। यस कार्यक्रममा सहभागी हुन इच्छुक स्थानीय तहहरूले ३० दिन भित्र प्रस्ताव पेश गर्नु पर्ने छ।

आवश्यक जानकारी र प्रस्ताव बुझाउन इच्छुक स्थानिय तहहरूले कृषि विकास निर्देशनालयसँग सम्पर्क गर्न सक्नेछन्। यसका लागि सम्बन्धित अधिकारीलाई addthetaup3@gmail.com मा सम्पर्क गर्न आग्रह गरिएको छ।

विज्ञप्तिमा समूदायमा आधारित कृषि कार्यक्रमलाई अधिक प्रभावकारी बनाउन स्थानीय तहहरूको सहकार्य अत्यन्त आवश्यक रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *