बागमतीको मुख्यमन्त्रीमा बानियाँको नियुक्ति आज, ४ बजे शपथ

हेटौंडा । बागमती प्रदेश सरकारको छैठौं मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नियुक्त हुँदैछन् । कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँले सोमबार प्रदेश प्रमुखको कार्यालयमा नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन् । बहादुर सिंह लामाको राजीनामा स्वीकृत भएलगत्तै प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज मंगलबार दिउँसो २ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि […]
बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्न एमालेको समर्थन

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी पेश गरिएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष प्रदेश सभा दुई ठुला दल कांग्रेस र नेकपा एमालेले मुख्यमन्त्रीमा बानियाँलाई नियुक्त गर्न दाबी पेश गर्दै सोमबार पत्र बुझाएका हुन् । पत्र बुझाउन कांग्रेस संसदीय दलका नेता बानियाँ, एमाले […]
बागमती प्रदेश: लामाले आज राजीनामा दिंदै, बानियाँ बन्दै मुख्यमन्त्री

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज (आइतबार) पदबाट राजीनामा दिने भएका छन्। १४ साउनमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि मुख्यमन्त्री पदबाट राजीनामा दिन दबाब खपेका लामाले आज हेटौंडा आएर राजीनामा दिने निश्चित भएको हो । शनिवार कांग्रेस सभापति शेरबहादुर देउवासँग बानियाँ र लामाले संयुक्त छलफल गरेका थिए । […]
बागमती प्रदेश पूर्ण खोप प्रदेश घोषित

हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शुक्रबार बागमती प्रदेश पूर्ण खोप घोषणा भएको छ। प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले सो घोषणा गरेका हुन्। सङ्घ सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय पूर्ण खोप समन्वय समितिबाट प्राप्त प्रमाणपत्रका आधारमा गत साउन २७ गते १६ देखि २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र पूर्ण […]
बागमती प्रदेश : नेता लामाविरुद्धको अविश्वास प्रस्ताव पारित

हेटौंडा । बागमती प्रदेश कांग्रेस संसदीय दलको बैठकले दलका नेता परिवर्तन गर्ने भएको छ । संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमाथि छलफल हुँदा अविश्वासको पक्षमा २२ र विपक्षमा १५ मत परेको हो । मुख्य मन्त्रीको पक्षमा १५ मत र उनको विपक्षमा २२ मत परेकाले संसदीय दलको नेताबाट उनले बाहिरिएको […]
बागमती कांग्रेस संसदीय दलमा अविश्वास प्रस्तावको पक्ष र विपक्षमा को–को ?

मकवानपुर । नेपाली कांग्रेसको बागमती प्रदेश सभा संसदीय दलको नेता बहादुरसिंह लामाविरुद्धको अविश्वास प्रस्ताव पारित भएको छ । मंगलबार कांग्रेस संसदीय दलको बैठकमा भएको मत विभाजनमा अविश्वास प्रस्तावको पक्षमा २२ र विपक्षमा १५ सांसदले मत दिएका थिए । अविश्वास प्रस्तावको पक्षमा समर्थन गर्ने सांसदहरू १. इन्द्रबहादुर बानियाँ २. शिवराज अधिकारी ३. कञ्चनचन्द्र वादे ४. दिपेन्द्र […]
बागमती प्रदेशका सिँचाइ मन्त्रीद्वारा राजीनामा

मकवानपुर । बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री श्यामबहादुर खड्काले मन्त्रीले पदबाट राजीनामा दिएका छन् । नेपाली कांग्रेसबाट मन्त्री बनेका सिँचाईमन्त्री खड्काले मङ्गलबार मन्त्री पदबाट राजीनामा दिएको हो । खड्काले मुख्यमन्त्री बहादुर सिंह लामा तामाङलाई राजीनामा बुझाएका हुन् । विविध कारणले आफ्नो जिम्मेवारी बहन गर्न सक्ने अवस्था नरहेकाले राजीनामा दिएको मन्त्री खड्काले बुझाएको […]
वागमतीमा कांग्रेसका ४ जना मन्त्रीले दिए राजीनामा

काठमाडौं । वागमती प्रदेशका चार जना मन्त्रीहरुले राजीनामा दिएका छन् । शुक्रबार वागमतीका युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिएका हुन् । उनीहरु चारैजना कांग्रेसबाट मन्त्री बनेका हुन् । उनीहरुको राजीनामाको कारण बताइएको छैन । केही दिन […]
प्रदेश सरकारको सहयोगमा हेटौँडामा ३० शय्याको प्रदेशस्तरीय प्रहरी अस्पताल बन्दै

हेटौँडा । बागमती प्रदेश सरकारको सहयोगमा बागमती प्रदेशस्तरीय प्रहरी अस्पताल निर्माण सुरु गरिएको छ । हेटौँडा उपमहानगरपालिका–१७ स्थित हटियामा निर्माण हुने बागमती प्रदेश प्रहरी अस्पतालको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले मङ्गलबार शिलान्यास गरेका थिए । अस्पताल शिलान्यासपछि मन्त्री लामिछानेले अस्पताल निर्माणपछि प्रहरी कर्मचारीसँगै स्थानीय बासिन्दा लाभान्वित हुने बताए । शिलान्यास कार्यक्रममा बागमती […]
बागमती प्रदेश सरकारः विभिन्न अस्पतालमा १६ वटा डायलासिस मेसिन जडान

काठमाडाैँ । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले भक्तपुर अस्पतालसहित प्रदेशका विभिन्न अस्पतालमा १६ वटा डायलासिस मेसिन (उपकरण) जडान गरेको छ । मिर्गौलाका बिरामीलाई डायलासिस सेवा लिन सरकारी अस्पतालमा चाप बढेसँगै एक पटकको रु दुई हजार ५०० तिरेर निजी अस्पतालमा जानुपर्ने बाध्यतालाई कम गर्न मन्त्रालयले मातहतका प्रादेशिक अस्पतालमा डायलासिस मेसिन जडान गरेको प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले […]