कर्फ्यु र निषेधाज्ञा खुकुलो, बिहान र साँझ हिँडडुल गर्न पाइने

काठमाडौं । नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्युको समय घटाएको छ । बिहान ४ घण्टा तथा बेलुका २ घण्टा अत्यावश्यक कामको लागि नागरिकलाई आवतजावत गर्न दिइने जंगी अड्डाले जनाएको छ। जङ्गी अड्डा, जनसम्पर्क तथा सूचना निर्देशनालयले सूचना जारी गर्दै आज (बिहीबार) बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म निषेधाज्ञा खुकुलो बनाएको हो […]

गंगा दाहालको घरमा मृत भेटिएका व्यक्ति काभ्रेका युवक

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा मृत भेटिएका व्यक्तिको पहिचान खुलेको छ। जलेको अवस्थामा मृत भेटिएका व्यक्ति काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-४ घर भई हाल ललितपुरको सुनाकोठी-२५ बस्ने २७ वर्षीय सरोज खत्री रहेको जिल्ला प्रहरी परिसर (ललितपुर) का प्रवक्ता चक्रराज जोशीले राससलाई जानकारी दिए। ‘जलेको अवस्थामा निजको शव […]

सर्वोच्च अदालतको सेवा अनिश्चितकालका लागि स्थगित

काठमाडौं । सर्वोच्च अदालतको सेवा अनिश्चितकालका लागि स्थगित भएको छ। अदालत प्रशासनले आज हस्तलिखित सूचना जारी गर्दै अर्को सूचना नभएसम्मको लागि मुद्दाहरुको सम्पूर्ण सुनुवाइ स्थगित गरिएको जनाएको छ। सर्वोच्चका मुख्य रजिष्टारले जारी गरेको सूचनामा भनिएको छ, ‘भदौ २४ गतेको आगजनीको कारण सर्वोच्च अदालत पूर्णरुपमा जलि अदालतमा रहेका मुज्ञाका मिसिल, सर्भर, इजलाससमेत जलेर नष्ट भएको हुँदा […]

मकवानपुरमा कर्फ्युको आदेश

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कर्फ्यु आदेश जारी राखेको छ । मंगबार दिउँसो १ बजेबाट लगाइएको आदेशलाई निरन्तरता दिएको हो । प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम प्राप्त अधिकार प्रयोग गरी अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेकी हुन् । आदेशअनुसार, कर्फ्यु लागू भएको […]

घरबाहिर ननिस्कन सेनाको ‘माइकिङ’

काठमाडौं । नेपाली सेनाले घरबाहिर ननिस्कन अपील गरेको छ । बुधबार विहान काठमाडौंको कालीमाटी क्षेत्रमा माइकिङ गर्दै सेनाले पसलहरू बन्द गर्न र सरक्षित आफ्नो गन्तव्यतर्फ जान आग्रह गरेको हो । ‘सम्पूर्ण पसले तथा ग्राहक महानुभावहरूलाई पसल बन्द गरी सुरक्षित रुपमा आ–आफ्नो घर गइदिन हुन अनुरोध गरिन्छ’ सेनाले माइकिङ गर्दै भनेको छ, ‘आज एक दिन शान्ति […]

हेटौँडाको मुख्य बजार क्षेत्रमा सुरक्षा व्यवस्था कडा

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडाको मुख्य बजार क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ गरिएको छ । नेपाली सेनाको टोली परिचालन गरेर हेटौँडा बजारको मुख्य चोकसम्म सुरक्षा व्यवस्था गरिएको हो । हेटौँडा बजारको बुद्ध चोक सिमाचोक क्षेत्रमा सेनाले सुरक्षा व्यवस्था कडा गरेको छ । सेनाको टोलीले बुद्ध चोक क्षेत्र आवतजावत गर्न रोक लगाइएको छ । अस्पताल वा आपत्कालीन […]

हेटौंडा स्थित मुख्यमन्त्री बानियाँको घर घेर्न अघि बढ्दै प्रदर्शनकारी

हेटौडा । हेटौडामा प्रदर्शनरत प्रदर्शनकारीले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाको घर घेर्न लागेका छन्। हेटौडाको नगरपालिका रोड हुँदै सानोपोखरा निस्किएका उनीहरु सानो पोखरा स्थित मुख्यमन्त्री बानियाको घर घेर्न अगाडि बढेका छन्।

हेटौंडामा बिहानैदेखि प्रदर्शन, जेनजीको समर्थनमा सर्वसाधारण सडकमा

हेटौंडा । हेटौंडामा बिहानैदेखि  सरकार विरोधी प्रदर्शन सुरु भएको छ। जेनजी पुस्तालाई समर्थन गर्दै हेटौंडा १६ मा आम सर्वसाधारण टायर बालेर बिरोधमा उत्रिएका हुन्।भ्रष्टाचारको अन्त्य, सुशासनको प्रत्याभूति र अभिव्यक्ति स्वतन्त्रताका लागि सामाजिक सञ्जाल फिर्ता लगाएतको माग राख्दै जेनजी पुस्ताले सोमबारबाट सुरु गरेको आन्दोलनमा भएको बल प्रयोगका क्रममा १९ जनाको मृत्यु र सयौं घाइते भएपछि आम […]

काठमाडौँमा पनि आज बिहानैदेखि कर्फ्यु

काठमाडौं । काठमाडौँमा पनि आज बिहानैदेखि मध्यरातिसम्म कर्फ्यु आदेश जारी भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले मंगलबार बिहान साढे ८ बजेदेखि अर्को आदेश नभएसम्म काठमाडौँ महानगरपालिकाको चक्रपथ क्षेत्र भित्र कर्फ्यू आदेश जारी गरेको हो।

ललितपुरका विभिन्न स्थानमा बिहानैदेखि कर्फ्यु

ललितपुर । स्थानीय प्रशासनले आज बिहानैदेखि ललितपुरका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। मंगलबार बिहान प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले सूचना जारी गर्दै आज बिहान सात बजेदेखि राति १२ बजेसम्मको लागि चार किल्ला तोकेर कर्फ्यु आदेश जारी गरेका हुन्। सूचना अनुसार ललितपुर महानगरपालिकाको वडा नम्बर २, ४, ५, १५ र २४ भित्रका क्षेत्रमा कर्फ्यु […]