राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा

काठमाडौं । सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयअनुसार असोज १ गते सार्वजनिक बिदा घोषणा गरिएको हो। विज्ञप्तिमा भनिएको छ, ‘यही भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको […]

घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक सवारीसाधनलाई रुट परमिट खुला

काठमाडौं । घटस्थापना (असोज ६ गते) देखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू हुने गरी रुट परमिट खुला गरिएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकार भएका निकायको बैठकले दसैँको समयमा सार्वजनिक यातायातलाई सहज ढङ्गले सञ्चालनका लागि रुट परमिट खुला गर्ने निर्णय गरेको हो। बैठकले चाडपर्वलाई लक्षित गरी यातायात व्यवस्थापनमा सहजता ल्याउन सार्वजनिक यातायात […]

काठमाडौंमा मात्रै जले १०४२ सरकारी गाडी, कुन कार्यालयको कति ?

काठमाडौं । जेनजी प्रदर्शनको क्रममा काठमाडौंमा मात्रै एक हजार ४२ वटा सरकारी गाडीमा आगजनी भएको छ । प्रारम्भिक विवरण अनुसार आगजनीबाट ४४१ वटा चारपांग्रे तथा ६०१ वटा दुईपांग्रे गरी १ हजार ४२ वटा सवारीसाधन नष्ट भएका हुन् । प्राप्त तथ्यांकअनुसार सबैभन्दा धेरै सडक विभागका ६५ वटा चारपांग्रे सवारी साधनहरू नष्ट भएका छन् । त्यसपछि सर्वोच्च […]

बजेटबाट १ खर्ब झिकेर निर्वाचनमा खर्च गरिँदै

काठमाडौं । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले निर्वाचन र संरचना पुनर्निर्माणको खर्च पूरक बजेट नल्याई चालु आर्थिक वर्ष २०८२/८३ को बजेटबाटै व्यवस्थापन गरिने स्पष्ट पारेका छन्। उनले अप्राथमिक तथा राजनीतिक दबाबमा पारिएका योजनाहरूबाट बजेट कटौती गरेर करिब १ खर्ब रुपैयाँ निकाल्न सकिने बताएका छन्। सिंहदरबारमा सोमबार पदभार ग्रहण गर्दै मन्त्री खनालले भने, “निर्वाचन संविधान अनुसार ६ […]

असोज १ गतेदेखि बीपी राजमार्ग २४ सै घण्टा खुला

काठमाडौं । यस वर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आइएको बिपी राजमार्ग आगामी असोज १ गतेदेखि २४ सै घण्टा सञ्चालनमा ल्याइने भएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले मनसुन बाहिरिने क्रममा रहनुका साथै दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गरी सडक २४ सै घण्टा सञ्चालन गर्ने निर्णय […]

काठमाडौँसहित ३३ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज (मंगलबार) बिहान बाढी मापन गर्दा कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कतातह भन्दा तल छ भने बबई नदीको बहाव सतर्कता तहआसपास तथा बढ्दो छ। ससाना नदीका हकमा आज रुपन्देही, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, चितवन, डोटी, डडेलधुरा, बर्दिया, कैलाली, कञ्चनपुर र […]

चितवनका ७९ सरकारी कार्यालय, १७ व्यावसायिक र निजी घरमा क्षति

चितवन । गत हप्ताको आन्दोलनको क्रममा जिल्लाका ७९ सरकारी कार्यालयमा क्षति भएको छ । निजी क्षेत्रका १७ व्यावसायिक र निजी घरमा क्षति पुगेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार क्षति पुगेका कार्यालयको मूल्याङ्कनका लागि सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माको संयोजकत्वमा सात सदस्यीय टोली परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालयसहित सरकारी कार्यालय, […]

बौद्ध भाटभटेनीमा ६ वटा शव फेला

काठमाडौँ । काठमाडौँ महानगरपालिका–७ बौद्ध स्थित भाटभटेनी सुपर स्टोरमा आधा दर्जन शव भेटिएको छ । पूर्ण रूपमा जलेको अवस्थामा ६ वटा मानव कङ्काल भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले  बताए । शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

काभ्रेमा ‘जेनजी’ आन्दोलनबाट भएको क्षतिको विवरण सङ्कलन गरिँदै

काभ्रेपलाञ्चोक । ‘जेनजी’ आन्दोलनका क्रममा जिल्लामा रहेका सरकारी तथा निजी संरचनामा गरिएको क्षतिको विस्तृत विवरण सङ्कलन गर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा सम्बन्धित क्षतिग्रस्त कार्यालय तथा व्यक्तिका सहभागितामा क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने जनाएको हो । कार्यालयले आजदेखि क्षतिग्रस्त सरकारी तथा निजी संरचनाको विस्तृत विवरण सङ्कलन हुने जनाएको छ । सहायक प्रमुख जिल्ला […]

हट्यो काठमाडौँ उपत्यकाको निषेधाज्ञा र कर्फ्यु

काठमाडौं । विगत ६ दिनदेखि काठमाडौँ उपत्यकामा लाग्दै आएको निषेधाज्ञा र कर्फ्यु आज बिहानदेखि हटेको छ। नेपाली सेनाले भदौ २४ गतेदेखि सूचना जारी गर्दै निषेधाज्ञा र कर्फ्युको विषयमा जानकारी दिँदै आएको थियो। तर, आज भने सेना र स्थानीय प्रशासन कुनै पनि निकालये निषेधाज्ञा र कर्फ्यु सम्बन्धी सूचना जारी गरेका छैनन्। निषेधाज्ञा र कर्फ्यु हटेसँगै काठमाडौँ उपत्यकाको […]