सुस्ता पारिका बासिन्दालाई सुरक्षित स्थानमा बस्न पालिकाको आग्रह

परासी । वर्षाका कारण नारायणी नदीमा बाढी आएपछि पश्चिम नवलपरासीको सुस्ताका स्थानीयलाई सुरक्षित आवासमा बस्न आग्रह गरेको छ । सुस्ता गाउँपालिका–५ नारायणी पारिको बस्तीमा हरेक वर्ष बाढी पस्ने र डुबान हुने समस्या छ । केही दिन अगाडि पनि नारायणी नदीमा बाढी आउँदा थारु टोल जलमग्न भएको थियो । शनिबार र आइतबार भारी वर्षा हुने भनेकाले नदीको सतह […]

दूध बोकेको भ्यान सुनकोसीमा खस्यो, दुईजना बेपत्ता

काठमाडौं । सिन्धुपाल्चोकमा दूध बोकेको भ्यान सुनकोसी नदीमा खसेर बेपत्ता भएको छ । दुर्घटनामा चालक र सहचालक बेपत्ता छन् । अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ बलेफीमा आज बिहान बा १२ च ६५९४ नम्बरको मारुती भ्यान सुनकोसी नदीमा खसेर हराइरहेको हो। बलेफी गाउँपालिकाकै वडा नम्बर ५ बाट दूध लिएर खाडीचौरतर्फ जाँदै गर्दा भ्यान सडकबाट अन्दाजी ५० […]

तीन सयमै अहिले नारायणगढ-काठमाडौं बस सेवा

काठमाडौँ । नेपालीहरूको महान् चाड दशैँ नजिकिँदै गर्दा यात्रुहरूको सहजतालाई मध्यनजर गर्दै साझा यातायात सहकारी संस्था लिमिटेडले विशेष बस सेवा सञ्चालन गरेको छ ।  चाडपर्वको अवसरमा घर फर्किने तथा बाहिर जाने यात्रुहरूलाई लक्षित गरी यो सेवा सुरु गरिएको हो। संस्थाले एक सूचना जारी गर्दै यही असोज ७ गतेदेखि कोजाग्रत पूर्णिमासम्म नारायणगढका लागि बस सेवा सुरु […]

काठमाडौँ आवतजावत गर्नेले मुग्लिन–नारायणगढ सडकको विकल्पमा प्रयोग गर्न सक्नेछन् यो मार्ग

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरो खस्दा केही दिनयता दैनिकजसो सर्वसाधारणले सास्ती भोगिरहेका छन्। पहिरो हटाउँदै राजमार्गमा यातायात सञ्चालन गरिए पनि पहिरो खस्ने र सडक अवरुद्ध हुने क्रम रोकिएको छैन। निरन्तर ढुङ्गा खसिरहेकाले सडकमा नियमित यातायातका साधन सञ्चालन गर्न समस्या भइरहेको छ। दसैँको समयमा पहिरोले बाटो बन्द हुँदा सर्वसाधारण मारेमा परेका छन्। मुग्लिन–नारायणगढ सडकको विकल्पमा […]

अवरुद्ध अरनिको राजमार्ग खुल्यो

काठमाडौँ । पटक–पटक पहिरोका कारण अवरुद्ध हुँदै आएको अरनिको राजमार्ग अन्ततः अस्थायी रूपमा सञ्चालनमा आएको छ। लामो समयदेखि अवरुद्ध रहेको कोदारी खण्डमा हाल प्रयोगमा ल्याइएको सडक विभागले जनाएको छ । यो वर्षको भारी वर्षाका कारण कोदारी क्षेत्रमा पहिरोको उच्च जोखिम देखिँदै आएको छ । विभागका अनुसार गत साउन ४ गते १८ दिनपछि राजमार्ग सञ्चालनमा आए पनि […]

काठमाडौँमा असोज अन्तिम साता मेलम्चीको पानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा यस वर्ष असोज अन्तिम सातातिर मात्रै मेलम्चीको पानी आउने भएको छ। वर्षाका कारण मेलम्चीमा पानीको बहाव बढेकाले दसैँ अगाडि मेलम्चीको पानी काठमाडौँमा ल्याउन नसकिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगन्नाथ दासले जानकारी दिए। उनले भने, ‘पानीको बहाव घटेको छैन। बहाव घटेपछि पानी ल्याउने तयारी छ।’ विसं २०७८ असार १ गते मेलम्ची […]

काठमाडौँका १५ स्थानमा यात्रु सहायता कक्ष

काठमाडौँ । काठमाडौँमा चाडपर्व लक्षित ‘यात्रु सहायता कक्ष’ को शुभारम्भ गरिएको छ। गोङ्गबुस्थित नयाँ बसपार्कमा बिहीबार काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दानबहादुर कार्कीले ‘यात्रु सहायता कक्ष’को शुभारम्भ गरेका हुन्। एआइजी कार्कीले सुरक्षाविनाको समाज कल्पनासमेत गर्न नसकिने उल्लेख गर्दै नागरिकले प्रहरीको आवश्यकता महसुस गरेर क्षतिग्रस्त संरचना निर्माणमा जुटेको बताए । उनले विगतमा […]

आज संविधान दिवस

काठमाडौं । आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२। यस वर्ष पनि विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाइँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम हुँदैछ। समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने कार्यक्रम छ। अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन […]

दिउँसो यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न स्थानमा वर्षा हुने क्रम जारी छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बिहीबार, २ असोज) दिउँसो र राति पनि पानी पर्ने क्रम जारी रहनेछ। महाशाखाले आज बिहान जारी गरेको प्रक्षेपण यस्तो छ: आज दिउँसो : देशभर साधारणतया बदली (आकाशमा बादल) रहनेछ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाड भूभागका केही स्थान […]

जेनजी आन्दोलनकाः उपत्यकामा प्रहरी १२२ वटा कार्यालय भवन पूर्ण रुपमा र ९६ वटामा आशिंक क्षति

काठमाडौं । काठमाडौं उपत्यकामा जेनजी आन्दोलनका क्रममा प्रहरीका १२२ वटा कार्यालय भवन पूर्ण रुपमा र ९६ वटामा आशिंक रुपमा क्षति पुगेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार आन्दोलनका क्रममा विभिन्न कार्यालयमा राखिएका ११७ वटा चारपांग्रे सवारीसाधनमा पूर्ण रुपमा र चार वटा सवारीसाधनमा आंशिक रुपमा क्षति पुगेको छ। १५८ वटा दुईपांग्रे सवारीसाधनमा क्षति पुगेको छ। आन्दोलनका […]