टिमुरको कथाः म्याग्दीको भीरबाट बेल्जियमको टेबलसम्म

बेनी (म्याग्दी)। म्याग्दी जिल्लाको ग्रामीण भेगमा उत्पादन भएको मसलेदार टिमुर युरोपको भान्सासम्म पुग्न थालेपछि स्थानीय कृषकहरूमा व्यावसायिक उत्साह थपिएको छ। तीन वर्षदेखि जर्मनी निर्यात हुँदै आएको टिमुरको गुणस्तर उत्कृष्ट भएको पुष्टि भएसँगै यसको अन्तर्राष्ट्रिय माग बढ्दो क्रममा छ। म्याग्दीको बेनी नगरपालिका–९, तोरीपानीमा उत्पादन भएको टिमुर सुरुमा कोसेलीको रूपमा जर्मनी पुगेको भए पनि हाल त्यसलाई व्यावसायिक रूपमा […]

आज कहाँ कहाँ छ सडक अवरुद्ध ?

काठमाडौं । असोज १८ र १९ गतेको अविरल वर्षा र बाढीपहिरोको कारण आज पनि देशका विभिन्न सडक अवरुद्ध भएका छन् । प्रहरीले आज जारी गरेको बुलेटिन अनुसार आज विभिन्न सडक सात ठाउँमा पूर्णरूपमा अवरुद्ध छ भने पाँच स्थानमा एकतर्फी खुला छ । संखुवासभाको भोटखोला र मकालुमा कोसी राजमार्ग, इलामको इलाम नगरपालिका-९ मा मेची राजमार्ग, रसुवाको […]

जलेश्वर डुबानमा, दर्जनौँ कार्यालयमा पानी

महोत्तरी । लगातारको वर्षापछि आएको बाढीका कारण महोत्तरीको सदरमुकाम जलेश्वरमा दर्जनभन्दा बढी सरकारी कार्यालय डुबानमा परेका छन् । विद्युत् सबस्टेशनमा पानी पसेपछि तीन दिनदेखि क्षेत्र अन्धकारमा छ । बाढीका कारण प्रादेशिक अस्पताल, विद्युत प्राधिकरण, नेपाल टेलिकम, लोकसेवा आयोग, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालतलगायत कार्यालय प्रभावित छन् । जलेश्वरलाई जोड्ने प्रमुख सडकहरु समेत अवरुद्ध छन् । रतवारामा […]

कोसी प्रदेशमा बाढी र पहिरोले ४४ जनाको मृत्यु, करिब २७ हजार विस्थापित

विराटनगर । कोसी प्रदेशमा अविरल वर्षाका कारण आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ। पछिल्लो तीन दिनदेखि परेको लगातारको वर्षाका कारण ४४ जनाको मृत्यु भएको छ भने करिब २७ हजार जना विस्थापित भएका छन्। सबैभन्दा ठूलो क्षति इलाममा भएको छ, जहाँ पहिरोमा परेर ७ जना बालबालिकासहित ३७ जनाले ज्यान गुमाएका छन्। यस्तै मोरङमा एक, […]

हेटौँडा–काठमाडौं जोड्ने सडकखण्डमध्ये केही खुले, केही अझै अवरुद्ध

हेटौँडा । लगातारको वर्षाले अवरुद्ध भएका बागमती प्रदेशको राजधानी हेटौँडाबाट संघीय राजधानी काठमाडौं जोड्ने प्रमुख सडकहरूमध्ये केही खण्ड आज (सोमबार) बिहानदेखि पुनः सञ्चालनमा आएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, हेटौँडा–कुलेखानी–फाखेल–फर्पिङ सडकखण्ड र त्रिभुवन राजपथ (हेटौँडा–पालुङ–नौबिसे)पूर्ण रूपमा सञ्चालनमा आएका हुन्। तर, भीमफेदी–कुलेखानी–सिस्नेरी खण्ड र कान्ति लोकपथ अझै पनि अवरुद्ध नै रहेका छन्। प्रहरी निरीक्षक ठाकुर सापकोटाका […]

आज कस्तो छ, वर्षाको सम्भावना? हेर्नुहोस् प्रक्षेपण

काठमाडौं । अहिले पनि देशका विभिन्न स्थानमा पानी पर्ने क्रम जारी छ। यसैबीच मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) दिउँसो र राति कहाँ, कत्रो वर्षाको सम्भावना छ भन्ने विषयमा जानकारी दिएको छ। मौसम महाशाखाले जारी गरेको प्रक्षेपणअनुसार, आज दिउँसो : कोसी प्रदेश र मधेस प्रदेशका अधिकांश स्थामा पूर्ण बदली रही बागमती प्रदेश, लु्म्बिनी प्रदेशमा साधारणतया बदली र बाँकी स्थानमा आंशिक बदली […]

मेलम्चीमा भारी वर्षाको चेतावनी : अत्यावश्यक बाहेक यात्रा नगर्न अनुरोध

मेलम्ची, सिन्धुपाल्चोक ।मेलम्ची नगरपालिकाले विशेष सूचना जारी गर्दै आगामी केही दिनसम्मको मौसमको प्रतिकूल अवस्थाका कारण अत्यावश्यक बाहेकको यात्रा नगर्न नगरवासीहरू तथा आगन्तुकहरूलाई आग्रह गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको तर्फबाट प्राप्त सूचनाअनुसार मिति २०८२ असोज १७ गतेदेखि असोज २० गतेसम्म मध्यमदेखि भारी वर्षा जारी रहने पूर्वानुमान गरिएको […]

अलपत्र यात्रुको सहायता र खाद्यान्न व्यवस्थापन गर्न सरकारको निर्देशन

काठमाडौँ । अविरल वर्षा र पहिरोका कारण देशभर विभिन्न राजमार्गमा अलपत्र परेका यात्रुहरूको लागि सरकारले खाद्यान्न उपलब्ध गराउन स्थानीय सरकारहरूलाई निर्देशन दिएको छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जिल्ला प्रशासन कार्यालयमार्फत सबै स्थानीय प्रशासनलाई खाद्यान्नको व्यवस्था मिलाउन निर्देशन जारी गरेको हो । देशभरका राजमार्गहरू वर्षाका कारण अवरुद्ध भएका कारण यात्रुहरू अलपत्र परिरहेका छन् । साथै […]

बिपी राजमार्ग तीन दिनका लागि बन्द

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार एक सूचना जारी गर्दै बिपी राजमार्गको भकुण्डेबेसी-सिन्धुली सडक खण्ड ३ दिनका लागि पूर्ण रूपमा निषेध गरेको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार, पहिरो र बाढीको जोखिम बढेको कारण शनिबार बिहान ९ बजेदेखि आगामी असोज २० गतेसम्म उक्त सडक खण्डमा […]

नेपाल पर्यटन बोर्डको अपिल : करिब २० हजार पर्यटक नेपालमा छन्, सहयोग गर्नुहोला

काठमाडौँ । नेपाल पर्यटन बोर्डले हाल नेपालमा करिब २० हजार विदेशी पर्यटक काठमाडौंसहित देशभरका विभिन्न क्षेत्रमा रहेको जनाउँदै उनीहरूको सुरक्षा तथा सहयोगमा स्थानीय समुदाय, पर्यटन व्यवसायी र सम्बन्धित निकायलाई आग्रह गरेको छ । बोर्डले शनिबार विज्ञप्ति प्रकाशन गर्दै विशेष गरी स्थानीयलाई पर्यटकलाई खाना, बास र आवश्यक सहयोग उपलब्ध गराउन र मूल्यवृद्धि नगरी सहयोगी भाव देखाउन […]