सबै सार्वजनिक संस्थानलाई कम्पनी बनाइने

काठमाडौँ, कात्तिक १२ गते — सरकारले अब सबै सार्वजनिक संस्थानलाई कम्पनी ऐन, २०६३ बमोजिम कम्पनीमा परिणत गर्ने नीति ल्याएको छ । मन्त्रीपरिषद्बाट असोज १३ गते स्वीकृत ‘सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति, २०८२’ ले सो व्यवस्था गरेको हो । नीतिअनुसार हाल विभिन्न ऐनअन्तर्गत सञ्चालन भइरहेका संस्थानलाई क्रमशः कम्पनीको ढाँचामा रूपान्तरण गर्दै एउटै कानुनी ढाँचामा ल्याइनेछ […]
आज यी स्थानमा हिमपात-वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालको मौसममा पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव छ। जसका कारण आज दिउँसो देशभर मौसम साधारणतया बदली (घाम देख्न मुस्किल) रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस क्रममा दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाड तथा हिमाल भूभागका थोरै स्थानमा मध्यम हिमपात/वर्षा तथा बाँकी तराईका एक-दुई स्थानमा हल्का […]
विपिनको शव नेपाल ल्याउने प्रक्रिया सुरू

काठमाडौँ, असोज २९ गते । विगत दुई वर्षदेखि प्यालेस्टिनी समूह हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरू गरिएको छ । परराष्ट्र मन्त्रालयले मङ्गलबार विज्ञप्ति जारी गरी इजरायलस्थित नेपाली दूतावासका प्रतिनिधिले तेल अविवस्थित ‘नेशनल सेन्टर फर फरेन्सिक मेडिसिन’को भ्रमण गरी विपिनको शवबारे थप पुष्टि गरेको र शव नेपाल ल्याउनेबारे प्रक्रिया सुरु […]
जेनजी ग्रुपले लियो भोटेकोशीको १० प्रतिशत सेयर

काठमाडौं, असोज २७ — सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित ४५ मेगावाटको अपर भोटेकोशी जलविद्युत् आयोजनाबाट जेन–जी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडले १० प्रतिशत शेयर प्राप्त गरेको छ। आइतबार भोटेकोशी पावर कम्पनी र जेन–जी पब्लिक इन्भेष्टमेन्टबीच भएको सहमतिपछि आयोजनाको एक महिनादेखि बन्द रहेको काम पुनः सुरु भएको हो। यसअघि राजनीतिक दलका प्रतिनिधिहरूको रोहबरमा ६ प्रतिशत शेयर दिने सहमति भए […]
भूमि समस्या समाधान आयोग खारेजविरुद्ध भूमिहीन समुदाय आन्दोलित

काठमाडौँ, असोज २६ । सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेपछि भूमिहीन समुदाय र अधिकारकर्मीहरू आन्दोलित बनेका छन्। भूमि अधिकार तथा श्रमिक संगठन नेपालले उक्त निर्णयलाई “जनविरोधी, असंवैधानिक र भूमिहीन नागरिकमाथिको सुनियोजित आक्रमण” भन्दै कडा विरोध गरेको छ। संगठनका अध्यक्ष इन्द्र तामाङद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “२०८२ असोज २३ गतेको मन्त्रिपरिषद् बैठकले आयोग […]
जडीबुटी बसपार्कमा शुल्क विवाद : पूर्व अरनिको यातायातका अध्यक्ष र बसपार्क संयोजक कुटपिट

भक्तपुर — जडीबुटी बसपार्कमा शुल्क विवाद चर्किएपछि पूर्व अरनिको यातायात प्रालिका अध्यक्ष केदार क्षेत्री र बसपार्क सञ्चालक समितिका संयोजक रवि सिवाकोटीमाथि मजदुर र व्यवसायीहरूले कुटपिट गरेका छन्।शुल्क सम्बन्धी छलफलकै क्रममा दुवै पक्षबीच हातपात भएको दुवै पक्षले आरोप लगाएका छन्। शनिबार साँझ बसपार्कमा भएको छलफलका क्रममा शुल्कबारे वादविवाद बढ्दै गएपछि क्षेत्री र सिवाकोटीमाथि आक्रमण भएको हो।क्षेत्रीका […]
यी ६ सडक पूर्ण रुपमा बन्द (सूचीसहित)

काठमाडौं । देशका विभिन्न स्थानका ६ वटा सडक पूर्ण रुपमा बन्द भएका छन् । आज बिहान ८ बजेसम्मको जानकारी अनुसार ६ वटा सडक बन्द रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कोशी राजमार्ग अन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका-४ बरुणखोला सडक र मकालु गाउँपालिका-३ एकुवाको सडक पूर्णरुपमा बन्द भएको छ । मेची राजमार्गअन्तर्गत इलामको इलाम नगरपालिका-९ राजदुवालीलगायतका […]
बीपी राजमार्ग बन्द भएपछि काठमाडौँ आवतजावत गर्न चरिकोट-खाडिचौर

काठमाडौं। यही असोज १७ र १८ को अविरल वर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीले बिपी राजमार्गको अधिकांश बाटो बगाएपछि आवागमनमा समस्या भएको छ। हिजोआज तराईका विभिन्न भाग र पूर्वी जिल्लाबाट आएका साना तथा ठूला सवारीसाधनले काठमाडौँ आवतजावतको लागि वैकल्पिक मार्गको प्रयोग गर्न थालेका छन्। काठमाडौँ जाने सवारी साधनले खुर्कोट-मन्थली-चरिकोट-मुडे- खाडिचउर हुँदै दोललघाटको वैकल्पिक सडक प्रयोग […]
कोशी प्रदेशमा बाढी–पहिरोबाट २ अर्ब ६ करोडभन्दा बढीको क्षति

विराटनगर । असोज १८ र १९ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण कोशी प्रदेशमा सडक, पूर्वाधार, खानेपानी तथा सिँचाइ आयोजनामा २ अर्ब ६ करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको प्रदेश सरकारले जनाएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालय र ऊर्जा, खानेपानी तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्क अनुसार भौतिक पूर्वाधार अन्तर्गत मात्रै १ अर्ब […]
बाढीपहिरोले देशका ९ ठाउँमा आज पनि सडक पूर्णरूपमा अवरुद्ध

काठमाडौं । वर्षा र बाढीपहिरोको कारण आज पनि देशका विभिन्न राजमार्गको नौ ठाउँमा सडक पूर्णरूपमा अवरुद्ध भएको छ। विभिन्न सडकका तीन स्थानमा भने एकतर्फी गाडी गुडिरहेका प्रहरीले जनाएको छ। कोसी राजमार्गमा पर्ने संखुवासभाको भोटखोला र मकालुमा, इलामको इलाम नगरपालिका-९ मा मेची राजमार्ग, पाँचथरको तमोर करिडोर, रसुवाको गोसाइँकुण्डमा पासाङ ल्यामु सडक, काभ्रेको रोसी गाउँपालिका-११ स्थित माम्तीखोला, […]