जेनजी आन्दोलनमा हेटौंडामा आगजनी गर्ने पाँच जना पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा हेटौंडामा तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको बरथवा नगरपालिका–१ निवासी २७ वर्षीय पुनम ठाकुर, २७ वर्षीय प्रमोद महतो र हेटौंडा उपमहानगरपालिका–८ का ४३ वर्षीय सागर घताने भन्ने रोमबहादुर घताने रहेका छन्। बागमती प्रदेश सभा सचिवालय भवन तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा तोडफोड […]

लिखु पिके गाउँपालिकामा नयाँ प्रशासनिक भवनको सिलान्यास, गुणस्तर र समयसीमा पालना गर्न अध्यक्ष बस्नेतको निर्देशन

चौरीखर्क सोलु, कार्तिक २४ — लिखु पिके गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्यको सिलान्यास शुक्रबार एक विशेष समारोहका बीच सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष श्री मिना कार्की बस्नेत, प्रमुख प्रशासकीय अधिकृत श्री अग्नी प्रसाद पराजुली, वडा अध्यक्षहरू, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीहरूको उपस्थितिमा सिलान्यास कार्यक्रम सम्पन्न गरिएको हो। गत २०८२ साल असोज २८ गते, लिखु पिके गाउँपालिका र श्री […]

रैथाने बालीको बजारीकरणमा समस्या

हुम्ला, कात्तिक २३ — सिमकोट गाउँपालिका–३ र ४ का कृषकहरूले रैथाने बाली उत्पादनपछि बजार नपाउँदा समस्या झेलिरहेका छन् । कात्तिक २२ गते आयोजित कृषि मेलामा कृषकहरूले बजारीकरणको अभावमा आफ्नो उत्पादन बिक्री हुन नसकेको गुनासो पोखेका थिए । सेल्मुकाङ कृषक समूहले युएनडिपी र बुद्धि ट्री फाउन्डेसनको सहयोगमा आयोजना गरेको मेलामा खामु, चुली, ढँटेलो, तोरी, सिमी, फापरको […]

गाउँबस्तीमा मतदाता नामावली दर्ता

बुटवल, कात्तिक २१ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा देशभर मतदाता नामावली दर्ता र अद्यावधिकको काम सुरु भएको छ । लुम्बिनी प्रदेशका हरेक गाउँबस्तीमा मतदाता नामावली दर्ता गर्ने लहर चलिरहेको छ । दाङ समाचारदाता सन्तोष दहितका अनुसार असोज १२ गतेदेखि सुरु गरिएको अभियानको एक महिनाभित्र एक हजार ५१४ जना नयाँ मतदाता […]

काभ्रेमा जेन-जी आन्दोलनका क्रममा तोडफोड गर्ने ७ जना पक्राउ

काभ्रे । जेन-जी आन्दोलनमा तोडफोडमा संलग्न ७ जनालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको छ । २०८२ भदौ २४ गते काभ्रेपलाञ्चोकका विभिन्न सरकारी तथा प्रहरीको कार्यालय भवन र सम्पत्तिमाथि तोडफोड, आगजनी र लुरपाटमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए । उनका अनुसार, पनौती नगरपालिका-३ का […]

कोसी, बागमती र गण्डकी प्रदेशमा वर्षा–हिमपातको सम्भावना

काठमाडौं । नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने छ । आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा, कोसी प्रदेश र […]

३६ दिनमा ८५ हजारभन्दा बढी थपिए नयाँ मतदाता

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलनको ३६ दिनमा ८५ हजार १०७ नयाँ मतदाता थपिएका छन् । आयोगका अनुसार काठमाडौँमा सबैभन्दा बढी ११ हजार २३० जना नयाँ मतदाता थपिएका छन् । ललितपुरमा ४ हजार ९९३, भक्तपुरमा ३ हजार ४३७, मोरङमा ३ हजार २८४, चितवनमा ३ हजार ६३, रुपन्देहीमा ३ हजार ३२, झापामा २ हजार ९७८, सुनसरीमा […]

सडकमा ढुंगा र लेदो थुप्रिँदा बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध, यात्रुको बिचल्ली

काठमाडौं । निरन्तरको वर्षापछि सडकमा लेदो थुप्रिँदा बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ। वर्षाको कारण गएरातिदेखि बीपी राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। काभ्रेका प्रहरी नायब उपरीक्षक रबिन विष्टका अनुसार काभ्रेको नमोबुद्ध नगरपालिका ६ चौकिडाँडा, रोसी गाउँपालिका ७, रोसी ७ कै चारसयबेँसी, रोसी ११ को  डालाबेँसी, रोसी ९ को बिरुवाडाँडा, […]

सोलुखुम्बुका अधिकांश सरकारी कार्यालय प्रमुख विहीन, साहायक प्रमुख जिल्ला अधिकारीको अनुगमन

सोलुखुम्बु, असोज १३ — दसैंतिहार बिदा र विभिन्न कारणले कार्यालय प्रमुखहरु जिल्ला बाहिर गएपछि सोलुखुम्बुका अधिकांश सरकारी कार्यालय प्रमुखविहीन बनेका छन्। यो अवस्थाको अनुगमन साहायक प्रमुख जिल्ला अधिकारी (सहायक प्रजिअ) सुरेन्द्र थापाको नेतृत्वमा गरिएको छ। सहायक प्रजिअ थापाको टोलीले घरेलु तथा साना उद्योग कार्यालय, नापी कार्यालय, मालपोत कार्यालय, कृषी ज्ञान केन्द्र, पशु सेवा विज्ञ केन्द्र, […]

शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

काठमाडौँ, कात्तिक   १३ गते ।  ‘मोन्था’ चक्रवातले शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट, अन्य प्रदेशमा  मध्यम वर्षा हुने तथा शनिबार बिहानदेखि मात्र मौसम सुधार आउने जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले राससलाई बताउनुभयो । आगामी २४ घण्टा काठमाडौँ उपत्यकाका साथै […]