६ महिनापछि सुरु भयो रसुवागढीको मितेरी पुलबाट आवतजावत

काठमाडौं। गएको असार २४ गतेदेखि बन्द रहेको रसुवागढी नाकामा आइतबारदेखि आवतजावत सुरु भएको छ। आइतबार बिहानदेखि नै नेपाली ट्रकका चालक केरुङतर्फ जान सुरु गरेका छन्। रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले नेपाल–चीनको सीमामा रहेको ल्हेन्दे खोलामा बेलीब्रिज निर्माण सकिएको जानकारी दिए। उनले यही पुस १७ गतेदेखि रसुवागढी नाका खोल्ने जानकारी चिनियाँ समकक्षीले गराएको बताए। गत […]

काठमाडौँसहित उपत्यका र तराईका धेरै स्थानमा हुस्सु-कुहिरो

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला (शनिबार बिहान) तराईका धेरै स्थान र उपत्यकाहरूमा हुस्सु/कुहिरो लागेको छ। महाशाखाका मौसमविद् बिनु महजर्नका अनुसार अहिले काठमाडौँ उपत्यकामा पनि हुस्सु लागेको छ। ‘यहाँ यतिबेला भिजिबिलिटी (पारदर्शिता) ३ किलोमिटर छ’, उनले स्थानीय सरकारसंग भनिन्। मौसमविद्का अनुसार हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव छ। आज मौसम यस्तो रहने प्रक्षेपण दिउँसो : तराई भूभागका अधिकांश […]

खुल्यो तातोपानी नाका

काठमाडौँ । स्थानीयले बन्द गराएको सिन्धुपाल्चोकको तातोपानीस्थित नेपाल–चीन नाका अन्तर्गतको सडक आइतबारदेखि खुलेको छ । यससँगै सो नाकाबाट भन्सार जाँचपासको काम सुरु भएको छ । अरनिको राजमार्गको इको पहिरो निर्माणका लागि आफूहरूसँग गरिएको सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले एक सातादेखि सडक अवरुद्ध गरेका थिए । आइतबार भएको सहमति अनुसार सडक खुलेसँगै नाका सञ्चालनमा आएको हो […]

जेनजी आन्दोलनः २६२ स्थानीयमा क्षति, पुनः निर्माणमा ३६ अर्बभन्दा बढी खर्च हुने अनुमान

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा नोक्सान पुगेका सरकारी संरचना पुनर्निर्माणमा ३६ अर्ब ३० करोड रुपैयाँभन्दा बढी रकम लाग्ने अनुमान गरिएको छ । आन्दोलनको क्षति मूल्याङ्कन तथा पुनर्निर्माण योजना बनाउन गठित समितिले तयार पारेको प्रतिवेदन बिहीबार प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको हो । समिति संयोजक तथा राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थले सो प्रतिवेदनको सारांश सिंहदरबारमा बसेको मन्त्रिपरिषद् […]

१०२ दल एक्लै चुनाव लड्ने, १२ वटा संयुक्त : यस्ता छन् १०७ चुनाव चिह्न

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनाव चिह्न प्रदान गरेको छ। आयोगमा १२० राजनीतिक दलले प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन आवेदन दिएका थिए। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार १०२ राजनीतिक दललाई एकल रुपमा चुनाव चिह्न प्रदान गरिएको छ। १२ राजनीतिक दलले संयुक्त रुपमा निर्वाचनमा सहभागी […]

सर्वोच्चद्वारा भूमि आयोग खारेजी निर्णय बदर, सरकारलाई रिट जारी

काठमाडौँ । भूमि समस्या समाधान आयोग र यसको जिल्ला कार्यालय खारेज गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ। सोमबार न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले आयोगका अध्यक्ष हरिप्रसाद रिजालले दायर गरेको रिटमा कारण दर्तासहित रिट जारी गर्दै सरकारले गरेको निर्णय रोक्का गरेको हो। गत असोज २३ गते बसेको मन्त्रिपरिषद् बैठकले भूमि आयोग […]

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसबाट तल झर्‍यो

काठमाडौं : काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सीयसबाट पनि तल झरेको छ । दैनिक चिसो बढ्ने क्रममा आज आइतबार बिहान यहाँको तापक्रम ७.८ डिग्री सेल्सियस रहेको छ । शुक्रबार ११ डिग्री सेल्सियस रहेको उपत्यकाको न्यूनतम तापक्रम शनिबार एकैचोटि घटेर ८.५ मा झरेको थियो। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज बिहान ५.४५ बजेको […]

८ लाख ३७ हजार मतदाता थपिए

काठमाडौं । नेपालमा आठलाख ३७ हजार भन्दा धेरै मतदाता थपिएका छन्। आगामी फागुन २१ गतेको लागि घोषित प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि मतदाता नामावली दर्ता प्रक्रियामा उत्साहजनक सहभागिता देखिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार मंसिर ५ गतेसम्म आठ लाख ३७ हजार ९४ जना मतदाताले नामावली दर्ताका लागि आयोगमा निवेदन दिएका छन्। आयोगका सहायक […]

लाइसेन्स विवरणको जानकारी अब फेसबुकबाटै

काठमाडौँ,  मङ्सिर ५ गते ।  यातायात व्यवस्था विभागले छपाइ गरी वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को विवरण अब फेसबुकमा राख्ने भएको छ । विभागले बिहीबार एक सूचना जारी गरी सुरक्षण मुद्रण केन्द्रबाट छपाइ सम्पन्न भई वितरणका लागि विभागमा प्राप्त भएका अनुमतिपत्रहरूको विवरण विभागको फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’मा प्रकाशन गरिने जानकारी गराएको […]

नेपाली सेनामा ३६ सय जनाका लागि खुल्यो जागिर

काठमाडौँ, कात्तिक २८ गते । नेपाली सेनाले सैनिक पदमा ३६ सय जना नयाँ भर्ना लिनका दरखास्त आह्वान गरेको छ । जंगी अड्डाले सेनाको विभिन्न पृतना, गण तथा बाहिनीहरुमा नयाँ भर्ना गर्नका लागि दरखास्त आह्वान गरेको हो । उपत्यका पृतना नारायणहिटीका लागि ३५० जना, काभ्रेको भकुण्डेबेसीस्थित २६ नम्बर बाहिनी अड्डाका लागि ७५ जना, भक्तपुरको सूर्यविनायकस्थित रणशेर […]