सोलुखुम्बुमा १२ उम्मेदवारको मनोनयन दर्ता

सोलुखुम्बु। आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सोलुखुम्बु जिल्लामा १२ जनाको उम्मेदवारी दर्ता भएको छ। एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा १२ वटा विभिन्न राजनीतिक दलका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन्। मनोनयन दर्ता गर्ने उम्मेदवारहरूमध्ये नेकपा एमालेबाट जिल्ला सचिव कल्पना राई, नेपाली कांग्रेसबाट महाधिवेशन प्रतिनिधि प्रकाशसिंह कार्की, नेपाली कम्युनिस्ट पार्टीबाट निर्वतमान गाउँपालिका अध्यक्ष असिम राई […]
बाबुको पहिचान नखुलेकालाई आमाको नामबाट नागरिकता दिइने

काठमाडौं। सरकारले नेपाल नागरिकता (चौथो संशोधन) नियमावली,२०८२ मन्त्रिपरिषद्बाट स्वीकृत गरी राजपत्रमा प्रकाशन गरेसँगै बाबुको पहिचान नखुलेकाको हकमा आमाको नामबाट नागरिकता प्रदान गर्ने नागरिकता ऐन २०६३ को व्यवस्था कार्यान्वयन हुने भएको छ । नेपाली नागरिक आमाबाट जन्मिएका सन्तानले आमाको नामबाट नागरिकता प्राप्त गर्ने व्यवस्थालाई सहज बनाउन नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता […]
हुस्सुले तराईमा जनजीवन प्रभावित

काठमाडौं । आज बिहान लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा हुस्सु लागेको छ भने दिउँसो तराईका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो निरन्तर रहने अनुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली रहेर अन्य भागमा मौसम सफा रहनेछ। तराईका क्षेत्रमा रातिसम्म नै […]
राष्ट्रियसभा सदस्य निर्वाचन : आज उम्मेदवारको मनोनयन

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरूको मनोनयन हुने भएको छ। निर्वाचन आयोगले आगामी माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ। राष्ट्रियसभामा रिक्त हुने कूल १९ सदस्यमध्ये १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो। कार्यकाल सकिन लागेका एक सदस्यको नियुक्ति भने सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संवैधानिक व्यवस्था छ। आयोगले यही पुस १९ गते नै […]
वीरगन्जमा कर्फ्यु दिउँसो १ बजेसम्म थप

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालयले आज बिहान ८ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्मका लागि कर्फ्यू आदेश थप गरेको छ । प्रशासनले सोमबार बेलुका ६ः०० बजेदेखि मंगलबार बिहानसम्म कफ्र्यु आदेश जारी गरेको थियो । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले विवादको समाधान खोज्ने प्रयास गरिराखेको जानकारी दिए। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम पर्साको वीरगञ्ज […]
चार डिग्री सेल्सियसबाट पनि तल झर्यो काठमाडौँको न्यूनतम तापक्रम
काठमाडौं। देशभर तापक्रम घट्दो र चिसो बढ्दो छ। यसै क्रममा आज (सोमबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियसबाट पनि तल झरेको छ। मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँको न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियस देखिएको हो। अझ यो सुरुवाती मापन हो। आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे […]
प्रतिनिधिसभा निर्वाचन ५९ दिन बाँकी : आयोगले तोक्यो निर्वाचन अधिकृत

काठमाडौं । निर्वाचन आयोगले ३६ जना जिल्ला न्यायाधीशलाई जगेडामा रहने गरी मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतका रुपमा तोकेको छ । आयोगले आजै ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको थियो । आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तोकिएको छ । यही पुस २५ गतेदेखि लागू हुने गरी प्रतिनिधिसभा सदस्य ऐन, २०७४ […]
काठमाडौंको न्यूनतम तापक्रम ४ डिग्री नजिक

काठमाडौं । देशभर चिसो बढ्ने क्रममा छ । काठमाडौं उपत्यकामा पनि तापक्रम थप घटेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार आज (आइतबार) बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस छ। यो सुरुवाती मापन भएकाले अहिले बिहान ८ः४५ बजे फेरि मापन गर्दा काठमाडौँको न्यूनतम तापक्रम थप घट्ने सम्भावना छ। हिजो शनिबार पनि सुरुवाती मापनमा […]
सन् २०२५ इतिहासकै तातो वर्ष

काठमाडौँ, पुस २० गते । बितेको सन् २०२५ इतिहासकै तातो वर्ष बन्यो । लगातारको बढ्दो तापक्रमको रफ्तारले नेपालसहित विकसित तथा अविकसित सबै मुलुकका नेतृत्व अब के गर्ने भनेर घोत्लिएर सोच्न बाध्य बनाएको छ । हालै सार्वजनिक वल्र्ड वेदर एट्रिब्युस (डब्लुडब्लुए) को अध्ययन प्रतिवेदन र आर्कटिक रिपोर्ट कार्डसको प्रतिवेदनले सन् २०२५ इतिहासकै तातो वर्ष दरिएको औँल्याएका […]
आज तमु ल्होसार पर्व, देशैभरि सार्वजनिक बिदा

काठमाडौं। गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन्। ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रुपमा मनाउँछन्। तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित छ। गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, […]