प्रदेश राजधानी हेटौँडामा पनि जेनजीको प्रदर्शन

हेटौँडा । जेनजी पुस्ताले बागमती प्रदेश राजधानी हेटौँडामा पनि प्रदर्शन गरेका छन् । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा उनीहरुले सोमबार देशव्यापी प्रदर्शन गरिरहेका छन् । हेटौँडाको प्रदर्शनमा विद्यालय र कलेजका विद्यार्थी औपचारिक पोशाकमै प्रदर्शनमा उत्रिए । हेटौँडाको उपनगरपालिका चोक, हुप्रचौरबाट निस्किएको प्रदर्शन बुद्धचोकमा आएको थियो । उनीहरुले दुई घण्टासम्म बुद्धचोक ठप्प पारे । प्रदर्शनको […]

राजधानीका उच्च सुरक्षा क्षेत्रहरूमा कर्फ्यु, शीतलनिवास र सिंहदरबार पनि प्रभावित

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले थप क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । आज दिउँसो १ बजेदेखि राति १० बजेसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको हो । काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले थप क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । आज दिउँसो १ बजेदेखि राति १० बजेसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको हो । प्रशासनले […]

जेनजी आन्दोलन : प्रहरीको गोली लागेर एक जनाको मृत्यु

काठमाडौं । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एकजनाको मृत्यु भएको छ भने ७०–८० जना घाइतेको उपचाररत छन् ।उनको परिचय खुल्न बाँकी छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ […]

प्रदर्शनकारीले रोकेपछि फर्कियो सेना, सशस्त्र र प्रहरीको गाडी

काठमाडौँ । काठमाडौँमा जारी प्रदर्शनकारी जेनजी संसद् घेराउ गर्न पुगेपछि थप सुरक्षा दिन जाँदै गरेको सशस्त्र प्रहरीको गाडी फर्काइएको छ। सडक नै कब्जा गर्दै प्रदर्शनकारीले बाटो छेकेपछि सशस्त्रको गाडी रोकिएको थियो। उक्त गाडी र गाडीमा रहेका सशस्त्रलाई लिन सेनाको एक गाडी र प्रहरीको गाडी पुगेको थियो। तर ती सबै गाडी त्यहीँबाट फर्किएका छन्। प्रहरी र […]

काठमाडौँमा सुरक्षा व्यवस्था कडा, राति १० बजेसम्म कर्फ्यू

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सुरक्षा व्यवस्थालाई मध्येनजर गर्दै कर्फ्यू जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले कर्फ्यू आदेश जारी गर्नुभएको हो । जेन जीको प्रदर्शन नियन्त्रण बाहिर पुगेपछि स्थानीय प्रशासनले बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो । सोमबार दिउँसो १२:३० बजेदेखि राति १० बजेसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को […]

दशैंका लागि अग्रिम बस टिकट बुकिङ अन्योलमा, सडक अवस्था सुधार नहुँदासम्म नखुल्ने

काठमाडौं, भदौ २३ — यस वर्षको दशैंका लागि अग्रिम बस टिकट बुकिङ अझै खुल्न सकेको छैन। दशैं सुरु हुन १५ दिन मात्र बाँकी रहँदा समेत टिकट व्यवस्थापनबारे अन्योल कायमै छ। नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अनुसार देशका विभिन्न ग्रामीण क्षेत्रमा बाढीपहिरोले सडक र पुलहरूमा क्षति पुर्‍याएको र मनसुन अझै सक्रिय रहेकोले टिकट बुकिङ तत्काल सम्भव […]

भिपीएन प्रयोग नगर्न सञ्चार मन्त्रालयको आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल चलाउन भर्चुअल प्राइभेट नेटवर्क (भिपीएन) प्रयोग नगर्न तथा नगराउन आग्रह गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणबाट मोबाइल तथा इन्टरनेट सेवा प्रदायकमार्फत सामाजिक सञ्जालको पहुँच निषेध भइसकेको उल्लेख गर्दै सञ्चार मन्त्रालयले त्यस्ता पहुँच प्राप्त गर्न असुरक्षित, अनाधिकृत एवम् जोखिमयुक्त भिपीएन प्रयोग नगर्न तथा नगराउन समेत आग्रह गरेको हो […]

चौताराको टुँडिखेल मिनि रंगशाला निर्माणमा पुनः म्याद थप, ४ वर्षमा आधा मात्र काम

सिन्धुपाल्चोक, चौतारा । चौतारामा निर्माणाधीन मिनि रंगशालाको काम चार वर्ष बितिसक्दा पनि आधा मात्र सम्पन्न हुँदा बागमती प्रदेश सरकारले म्याद फेरि एक वर्षका लागि थप गरेको छ। अब यो योजना २०८२ असार मसान्तसम्म सक्नुपर्नेछ। २०७७ असार २३ गते सम्झौता भई सुरु गरिएको रंगशाला निर्माण १८ महिनामा सक्ने लक्ष्य थियो। तर, ठेक्का लिएको गिरि–सुनकोसी जेभीले तोकिएको समयमै […]

चाडपर्वमा सडक अस्तव्यस्त, जोखिमपूर्ण यात्रा अनिवार्यजस्तै

काठमाडौं ।  चाडपर्वको रौनक सँगै देशभरको सडकमा सवारी चाप उच्च हुने गरेको छ। लाखौं यात्रुहरू काठमाडौंबाट घर फर्किन थालेका छन्, तर सडकको अवस्था भने यात्रा गर्न लायक छैन। पूर्व–पश्चिम सबैजसो राजमार्ग र सहायक सडकमा निर्माण, बाढीपहिरो र वर्षाको असरका कारण सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ। बीपी राजमार्गमा अघिल्लो वर्षको बाढीले बगाएको १२ किलोमिटर सडक […]

आज कोशी र कर्णाली प्रदेशका पहाडी भागमा भारी वर्षाको सम्भावना

काठमाडौँ । मौसमविद्हरूले कोशी र कर्णाली प्रदेशका पहाडी भागमा भारी वर्षाको सम्भावना रहेको बताएका छन्। हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदरभन्दा दक्षिणतिर अवस्थित रहेको छ । सिक्किम आसपासको निम्नचापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भूभागमा पर्ने देखिएको जल तथा मौसम विज्ञान विभाग पूर्वानमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका […]