लोकसेवा तयारीका लागि प्रदेश-स्थानीय सरकारलाई विशेष लगानीको सुझाव

सुर्खेत । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले असमान पृष्ठभूमिबाट आएका विद्यार्थीलाई एउटै किसिमको प्रतिस्पर्धामा उतार्दा असमानता हुने भएकाले कर्णाली प्रदेशका विद्यार्थीलाई विशेष कार्यक्रममार्फत सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । आयोगको हीरक जयन्ती वर्ष २०८२ को अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘विद्यार्थीमाझ लोक सेवा आयोग’ कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष रेग्मीले कर्णालीका विद्यार्थीलाई लोकसेवामा सफल बनाउन प्रदेश […]

सामाजिक सञ्जाल नियमन गर्न आदेश

काठमाडौँ । सरकारले सामाजिक सञ्चाललाई दर्ता तथा सूचीकरणका लागि समयसीमा तोकिरहेका बेला सर्वोच्च अदालतले पुनः सामाजिक सञ्जाल दर्ता र नियमनका लागि परमादेश आदेश जारी गरेको छ । अधिवक्ता विश्वेश्वरप्रसाद गौतमले झन्डै पाँच वर्षअघि दायर गर्नुभएको रिटमा बुधबार सर्वोच्च अदालतले परमादेश जारी गरेको हो । न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र शान्तिसिंह थापाको संयुक्त इजलासले निवेदक मागदाबी अनुसार परमादेश जारी […]

दसैँका लागि सरकारले खुलायो सस्तोमा पाइने खसी-बोका खरिदको अग्रिम बुकिङ

काठमाडौं । सरकारले यसपटक पनि दसैँका लागि सर्वसाधारणलाई बजार मूल्यभन्दा सस्तोमा खसी, बोका र च्यांग्रा उपलब्ध गराउने भएको छ। यसअन्तर्गत खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसी, बोका र च्यांग्रा खरिदको अग्रिम बुकिङ खुला गरेको छ। खसी-बोका खरिदका लागि कम्पनीले अनलाईनमार्फत बुकिङ गर्न सक्ने व्यवस्था मिलाएको छ। असोज १४ गतेसम्म खसी-बोका खरिद गर्न सक्नेगरी कम्पनीले सर्तसहित अग्रिम बुकिङ […]

विसं १९९५ मै तिरो तिरेका प्रमाण छन्

दार्चुला । भारतले अतिक्रमण गरेको व्यास गाउँपालिका–१ का गाउँ नाबी, कुटी र गुञ्जीसहित लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको भएको प्रमाण दार्चुलाको मालपोत कार्यालयमा सुरक्षित छ । व्यास गर्खा अन्तर्गत पर्ने उल्लिखित गाउँका मुखियाले विसं १९९५ देखि मालपोत कार्यालय दार्चुलामा जग्गाको तिरो तिरेको रसिद सुरक्षित रहेको मालपोत कार्यालयका प्रमुख लक्ष्मीराज विष्टले जानकारी दिनुभयो । मालपोत कार्यालय प्रमुख […]

सिन्धुपाल्चोकमा मध्यरात भूकम्पको धक्का

काठमाडौँ । मंगलबार राति ११ बजेर २३ मिनेटमा सिन्धुपाल्चोक जिल्लाको तल्लामाराङ आसपास केन्द्रबिन्दु भएर स्थानीय ४.० म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो दिनमा तेस्रो पटक नेपालमा भूकम्प गएको हो। यसअघि बिहान ६ बजेर १५ मिनेटमा गोरखा अजिरकोट–३ हंशपुर आसपास केन्द्रबिन्दु भएर ४.० म्याग्निच्युडको भूकम्प गएको थियो। त्यस्तै दिउँसो ३ बजेर १३ […]

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बागमती […]

पानीको सतह बढेपछि कोशी ब्यारेजका ३१ ढोका खोलिए

धरान । सप्तकोशी नदीमा पानीको सतह बढेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार आइतबार राति १० बजे गरिएको जलसतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड दुई लाख २६ हजार ५६० क्युसेक पुगेको छ । आइतबार दिउँसो २ बजे एक लाख ७४ हजार ३७५ प्रतिसेकेन्ड पानीको प्रवाह मापन गर्दा २३ ढोका […]

तीन फरक स्थानमा सतर्कताको सूचना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले आज बिहानको जलस्तर मापनको आधारमा तीन फरक स्थानमा सतर्कताको सूचना जारी गरेको छ। कञ्चनपुर जिल्लाको जोगबुढा (मायापुरी) जलमापन केन्द्रमा आज बिहान ७:२० बजेको जलसतहले सतर्कता तह पार गरेको छ। जलस्तर बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा रहेका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। यसैगरी, पछिल्लो तीन […]

निःशुल्क सीपमूलक तालिमका लागि आवेदन खुला

ललितपुर । राष्ट्रिय व्यावसायिक तथा प्राविधिक तालिम प्रतिष्ठान (तालीम व्यवस्थापन शाखा), ललितपुरले विभिन्न सीप विकास तालिमहरूका लागि आवेदन खुला गरेको छ। आर्थिक वर्ष २०८२/८३ मा निःशुल्क सञ्चालन हुने यी तालिमहरूका लागि इच्छुक नेपाली नागरिकहरूले २०८२ सालको आश्विन १० गतेभित्र आवेदन दिन सक्ने छन्। प्रतिष्ठानले अटोमेकानिक्स, विद्युतीय जडान, प्लम्बिङ, कम्प्युटर (बेसिक) र कटिङ सिलाई गरी पाँच वटा […]

यी नदीहरूमा बाढीको जोखिम उच्च

काठमाडौँ ।  जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न नदीमा पानीको बहाव बढ्ने जानकारी दिएको छ । महाशाखाका अनुसार सिन्धुपाल्चोक, कैलाली, कञ्चनपुर र आसपासका जिल्लाहरूमा साना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्ने तथा सोझै बाढी आउन सक्ने उच्च सम्भावना रहेको छ। यस्तै, दोलखा, काठमाडौँ, भक्तपुर, ललितपुर र आसपासका जिल्लाहरूमा मध्यम जोखिम […]