काठमाडौं । सरकारले यसपटक पनि दसैँका लागि सर्वसाधारणलाई बजार मूल्यभन्दा सस्तोमा खसी, बोका र च्यांग्रा उपलब्ध गराउने भएको छ।

यसअन्तर्गत खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसी, बोका र च्यांग्रा खरिदको अग्रिम बुकिङ खुला गरेको छ।

खसी-बोका खरिदका लागि कम्पनीले अनलाईनमार्फत बुकिङ गर्न सक्ने व्यवस्था मिलाएको छ।

असोज १४ गतेसम्म खसी-बोका खरिद गर्न सक्नेगरी कम्पनीले सर्तसहित अग्रिम बुकिङ खुला गरेको हो।

बुकिङ गर्नका लागि उपभोक्ताले कम्पनीको सर्तअनुसार रकम अग्रिम बुझाउनुपर्नेछ।

जुन रकम पछि खरिद गर्न नचाहेमा ग्राहकले फिर्ता पाउने छैनन्।

यसर्थ बुकिङ गरिसकेपछि किन्नैपर्ने हुन्छ। अन्यथा पैसा खेर जान्छ।

बुकिङ गर्दा कोड नम्बर सुरक्षित राखेर खसी बोका तथा च्यांग्रा संकलन गर्दा नम्बर देखाउनुपर्नेछ।

यस्तै उपभोक्ताले बुकिङ गर्दा नै तिरेको रकम घटाएर वस्तुको मूल्य तिर्नुपर्नेछ भने वस्तुको मूल्य कम्पनीले निर्धारण गरेअनुसार हुनेछ।

सुरुमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बेवसाइटमा गएर अनलाइनबाट बुकिङ गर्नुपर्नेछ।

बुकिङ गरिसकेका उपभोक्ताले बागमती प्रादेशिक कार्यलय (थापाथली) बाट खसी, बोका तथा च्यांग्रा लिन सक्नेछन्।

वस्तु संकलन पनि समयमै गर्नुपर्ने कम्पनीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *