काठमाडौं । नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्युको समय घटाएको छ । बिहान ४ घण्टा तथा बेलुका २ घण्टा अत्यावश्यक कामको लागि नागरिकलाई आवतजावत गर्न दिइने जंगी अड्डाले जनाएको छ।

जङ्गी अड्डा, जनसम्पर्क तथा सूचना निर्देशनालयले सूचना जारी गर्दै आज (बिहीबार) बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म निषेधाज्ञा खुकुलो बनाएको हो ।

‘पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाको लागि जारी भएको निषेधाज्ञा तथा कर्फ्यु आदेशलाई क्रमबद्ध रुपमा खुकुलो बनाउँदै निरन्तरता दिनुपर्ने आवश्यकता देखिएको’ सेनाले भनेको छ।

सेनाले भदौ २६ गते विहान १० देखि साँझ ५ बजेम्म निषेधाज्ञा तथा बेलुकी ७ बजेदेखि २७ गते विहान ५ बजेसम्म भने कर्फ्यु आदेश रहने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *