मुग्लिन-मलेखु सडकखण्ड आजबाट राति बन्द नहुने

चितवन। मुग्लिन-मलेखु सडकखण्डको चार वटा पुलमा आरसिसी बिम (गर्डर) राख्ने काम बिहान सम्पन्न भएको छ । यससँगै आजबाट रातिको समयमा सडक आवागमन नरोकिने भएको छ। नागढुङ्गा–मुग्लिन सडक आयोजना, पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार बरबाङ्, मोवा, खटौती र गोमती खोलाको पुलमा आरसिसी बिम राख्ने काम सम्पन्न भएको हो । उनले तीमध्ये दुईवटा पुलको ढलान असार […]

कृषकको कथाः अर्गानिक आँप बिक्री गरेर लाखौं आम्दानी

सप्तरी। सप्तरीको कञ्चनरूप नगरपालिका –१२ रूपनगर, बस्तीपुरका कृषकहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरी बिक्री गरेर लाखौं रुपियाँको आम्दानी गर्न सफल भएका छन् । स्थानीय युवाहरूले उपभोक्ताको स्वास्थ्यको ख्याल गरेर २०७९ सालमा बस्तिपुर म्याङो फार्मिङ एग्रिकल्चर प्रालि सञ्चालन गरेर बिषादीरहित अर्गानिक आँपको खेती गर्न थालेपछि यहाँको आँपको माँग बढेको हो । काठमाडौ, झापा, बिराटनगर, […]

मधेस प्रदेशमा उखुको उत्पादन घट्दै

जनकपुरधाम। मधेस प्रदेशमा उखुको उत्पादनमा वर्षेणी कमी आएको छ ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मधेस प्रदेशको आर्थिक गतिविधि अध्ययन अर्ध–वार्षिक प्रतिवेदन (आव २०८१/८२) अनुसार उखु उत्पादनमा कमी आएको हो । चालु आवको पुस मसान्तसम्मको तथ्यांक अनुसार मधेस प्रदेशमा उखु उत्पादनमा १६.८२ प्रतिशतले कमी आएको हो । यसअघि गत आवको पुस मसान्तसम्ममा १७.५८ प्रतिशतले उखुको उत्पादन […]

कालीगण्डकी करिडोर पहिरोका कारण अवरुद्ध

गुल्मी । कालीगण्डकी करिडोर पहिरोका अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिका गुल्मीको हर्मिचौर अर्वेनी सडक खण्डको वडा नम्बर २ को गरगरेमा सडक माथिबाट पहिरो खसेका कारण सडक अवरुद्ध भएको छ । शुक्रबार दिउँसो सडक माथिबाट ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण सडक अवरुद्ध भएको कालीगण्डकी गाउँपालिकाका उपाध्यक्ष मञ्जुकुमारी दर्लामीले जानकारी दिए। उनले अवरुद्ध सडक खुलाउनका लागि […]

पहिरोले धादिङबेसी-मलेखु सडक अवरुद्ध​

काठमाडौँ। पहिरोले धादिङबेसी-मलेखु सडक खण्ड अवरुद्ध भएको छ ।​ ​कालुमाण्डे मार्गअन्तर्गत नीलकण्ठ नगरपालिका– ८ ससाहको दारेगौँडामा शुक्रबार दिउँसो पहिरो झरेको हो । उक्त पहिरोले सडक अवरुद्ध भएको र खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

चोर खोलामा पहिरो, राप्ती राजमार्ग अवरुद्ध

सल्यान। सल्यान र दाङ जिल्लाको सिमाना चोर खोलामा ठुलो पहिरो जाँदा राप्ती राजमार्ग अवरुद्ध भएको छ । कपुरकोट गाउँपालिका–३ स्थित चोरखोलामा अविरल वर्षासँगै गएको पहिराले कपुरकोट–दाङ सडकखण्ड पूर्णरूपमा ठप्प बनेको हो । बिहीबार राति ९ः५५ देखि पहिरो झरेका कारण सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । शुक्रबार बिहान ६ बजेदेखि बाटो खोल्ने […]

कास्कीमा पहिरो जाँदा ३ घर र २ गोठमा क्षति

पोखरा।गएरातिको अविरल वर्षा र त्यसपछिको पहिरोले कास्कीको उत्तरपूर्वी क्षेत्रमा पर्ने मादी गाउँपालिकाको-१ खिलाङ र ६ मा पर्ने तप्राङमा ठूलो क्षति भएको छ। खिलाङमा घर माथिबाट आएको पहिरो स्थानीय बुमप्रसाद गुरुङको गोठमा पस्दा लैनो भैँसी र पाडो मरेको छ। ‘राति ११: ३० बजेतिर घरमाथिबाट पहिरो आएछ। गोठ पुरिए पनि मानवीय क्षति भएन। घर चाहिँ जोखिममा छ,’ […]

हाइवे अपडेट: रोशी खोलामा फसेका पाँच जनाको उद्धार

काभ्रे। वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण खोलाको बिचमा फसेका पाँच जनाको उद्धार गरिएको छ । बिहीबार राति रोशी खोलामा आएको बाढीका कारण नमोबुद्ध नगरपालिका–५ लासकोटमा पाँच जना, एउटा जेसिबी र एउटा टिप्पर खोलाको बिचमा फसेका थिए । पाँच जना मानिस खोलाको बिचमा फसेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका प्रहरी नायब उपरीक्षक मिनबहादुर […]

भक्तपुर र अर्घाखाँचीका सीडीओ हेरफेर

काठमाडौँ। नेपाल सरकारका तीन सहसचिवको सरुवा भएको छ। गृहमन्त्रालयले आज बिहीबार राजपत्रांकित प्रथम श्रेणीका तीन कर्मचारीको सरुवा गरेको हो। जसअनुसार सहसचिव भरतमणि पाण्डे जिल्ला प्रशासन कार्यालय भक्तपुरको प्रमुख जिल्ला अधिकारी भएर गएका छन्। त्यस्तै जिल्ला प्रशासन भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल अर्घाखाँची सरुवा भएका छन्। अर्घाखाँचीका प्रजिअ वेदप्रसाद खरेल गृहमन्त्रालयमा सरुवा भएका छन्। काठमाडौँ।नेपाल […]

उखु किसानको अनुदान कटौती फिर्ता लिन सांसदहरूको माग

काठमाडौँ।राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले उखु किसानलाई दिइँदै आइएको अनुदान खारेज गर्ने निर्णय फिर्ता हुनुपर्ने माग गरेका छन्। बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले सरकारले आगामी आर्थिक वर्षदेखि उखु किसानलाई दिँदै आइएको प्रतिक्विन्टल ७० को उत्पादन अनुदान खारेज गर्ने निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै उक्त अनुदान नरोक्न सभाध्यक्षमार्फत सरकारको ध्यानार्कषण गराएका हुन्। विगत ३० वर्षदेखि निरन्तर उपलब्ध गराउँदै […]