काठमाडौँसहित ५६ जिल्लामा बाढीको जोखिम

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले हरेक दिनजस्तै आज (असार ११, बुधबार) पनि बाढीबारे सतर्कता सूचना जारी गरेको छ। बाढी महाशाखाका अनुसार आज बागमतीसहित देशका ठूला नदी तथा काठमाडौँसहित ५६ जिल्लामा सतर्कता अपनाउन आवश्यक छ। बाढी महाशाखाले जारी गरेको बुलेटिनमा आजसमेत तीन दिन (शुक्रबारसम्म) कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू, साथै […]

ललितपुरको टीकाथली क्षेत्रमा भारी वर्षा, नदी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

ललितपुर । ललितपुरको टीकाथली आसपास क्षेत्रमा गएराति भीषण वर्षा भएको छ । जल तथा मौसम विभागका अनुसार टीकाथली वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको हो । अहिले बिहान भने पानी पर्न रोकिएको छ । विभागले सूचना जारी गर्दै आसपासमा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । ललितपुर भई बहने गोदावरीलगायत स–साना […]

आज यी चार प्रदेशमा भारी वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा तथा बाँकी भागका केही स्थानमा मेघगर्जन र  चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने महाशाखाले जनाएको […]

काठमाडौँसहित ३५ जिल्लामा बाढीको जोखिम

काठमाडौं।जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले हरेक दिनजस्तै आज (असार १०, मंगलबार) पनि बाढीबारे सतर्कता सूचना जारी गरेको छ। आजसमेत ३ दिन (बिहीबारसम्म) कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदी, साथै पूर्वी राप्ती, पश्चिम राप्ती, कमला, बागमती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने भए पनि बढ्दो रहने तथा कोसी, नारायणी नदी, कन्काई र यसका […]

कृषककाे कथाः जेठमै पाक्न थाल्यो चैते धान

कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलका किसान रामसिकन राना अहिले चैते धान काट्ने तयारीमा छन्। अधिकांश किसानले वर्षमा एक पटक मात्र धान रोप्ने गरेका छन्, तर रानाले चैते र बर्खे गरेर वर्षमा दुई पटक धानखेती गर्दै आएका छन्। डेढ बिघा खेतमा उनले ‘चैते–५’ जातको धान रोपेका छन् । रानाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत उनले बीउ, […]

रौतहटमा बस दुर्घटना हुँदा १० जना घाइते

रौतहट । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–२ मा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । घाइतेहरुमध्ये ७ जना भारतीय नागरिक छन् ।काठमाडौंबाट महोत्तरीतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२१६ नम्बरको को आज बिहान साढे चार बजेतिर आफैं अनियन्त्रित भई दुर्घटना भएको हो । रौतहटका प्रहरी प्रवक्ता डिएसपी दीपक रायले बस अनियन्त्रित […]

खोलामा बहाव बढेपछि नारायणघट–बुटवल सडक अवरुद्ध

पोखरा। नवलपुरको खरंगे खोलामा पानी वहाब बढेपछि पूर्व पश्चिम राजमार्गको नारायणघट–बुटवल सडक अवरुद्ध भएको छ ।विनयी – त्रिवेणी गाउँपालिका–३ मा पर्ने खरंगे खोलामा बर्षातपछि पानीको बहाव बढ्दा सवारी आउजाउ ठप्प भएको हो । सोमबार विहानदेखि सवारी वारपार गर्न नसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डिएसपी मधु नेपालले बताए । उनका अनुसार यो वैकल्पिक मार्ग […]

कोशी गाउँपालिकाको बजेट ६० करोड नौ लाख

सुनसरी। सुनसरीको कोशी गाउँपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि ६० करोड नौ लाख ३७ हजार एक सय सात रुपियाँको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको १९ औं गाउँसभा अध्यक्ष ऐयुब अन्सरीले प्रस्तुत गरेको बजेटमा सामाजिक सुरक्षा भत्ता बाहेक विभिन्न विकासात्मक योजनाका लागि रकम विनियोजन गरेको हो। यसैगरी, अध्यक्ष अन्सारीले विभिन्न विधामा उत्कृष्टलाई सम्मानित गर्नुभएको छ […]

गोरखा–नाम्जुङ–घैरुङ–मनकामना सडक अवरुद्ध

गोरखा । शहीद लखन गाउँपालिका–७ स्थित ढुङ्गागाढे भञ्ज्याङ नजिकै सडक भासिँदा ढुङ्गागाढे–खाब्दी भञ्ज्याङ सडकमा यातायात सेवा अवरुद्ध भएको छ ।आइतबार राति परेको वर्षाले सडक भासिएर दुईतर्फी नै सवारी आवागमन अवरुद्ध भएको सहिद लखन–७ का वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए ।उनले भने, ‘गत वर्ष वर्षाले सामान्य क्षति पुगेको उक्त सडक समयमा मर्मत नहुँदा गए रातिको भीषण […]

निर्माण सम्पन्न नहुदैं भाँचियो तामाकोशी नदीमा पुल

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीसँगै जोडिएको कुनाउरीमा निर्माणाधीन पक्की मोटरेबल पुल भाँचिएको छ ।मन्थली नगरपालिका–६ को भलुवाखोलाबाट वडा नं ७ भटौलीको ठेडीखोला जोड्ने तामाकोशी नदीमा निर्माणाधीन पुल आइतबार दिउँसो भाँचिएको हो । यसअघि निर्माणाधीन अवस्थामा पुल सम्पन्न गर्ने उद्देश्यले तीव्रता पाइरहेको अवस्थामा बीच भागको एउटा स्पान दुई महिना अगाडि भाँचिएको थियो । उक्त स्पानलाई प्राविधिकले […]