ललितपुर । ललितपुरको टीकाथली आसपास क्षेत्रमा गएराति भीषण वर्षा भएको छ ।
जल तथा मौसम विभागका अनुसार टीकाथली वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको हो । अहिले बिहान भने पानी पर्न रोकिएको छ ।
विभागले सूचना जारी गर्दै आसपासमा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।
ललितपुर भई बहने गोदावरीलगायत स–साना खोलामा बहाव बढ्नसक्ने भएकाले तटीय क्षेत्रमा रहने तथा नदी किनारको सडकबाट यात्रा गर्नेलाई सावधानी अपनाउन विभागले आग्रह गरेको हो ।