हिमपातसँगै वर्षा हुने चिसो अत्यधिक बढ्ने

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेशलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भैरहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू–भागमा […]

कोसी, बागमती र गण्डकी प्रदेशमा वर्षा–हिमपातको सम्भावना

काठमाडौं । नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने छ । आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा, कोसी प्रदेश र […]

शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

काठमाडौँ, कात्तिक   १३ गते ।  ‘मोन्था’ चक्रवातले शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट, अन्य प्रदेशमा  मध्यम वर्षा हुने तथा शनिबार बिहानदेखि मात्र मौसम सुधार आउने जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले राससलाई बताउनुभयो । आगामी २४ घण्टा काठमाडौँ उपत्यकाका साथै […]

आज यी स्थानमा हिमपात-वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालको मौसममा पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव छ। जसका कारण आज दिउँसो देशभर मौसम साधारणतया बदली (घाम देख्न मुस्किल) रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस क्रममा दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाड तथा हिमाल भूभागका थोरै स्थानमा मध्यम हिमपात/वर्षा तथा बाँकी तराईका एक-दुई स्थानमा हल्का […]

हिउँले ढाक्यो मुक्तिनाथ मन्दिर, बुधबारसम्म पदयात्रा नगर्न मुस्ताङ प्रशासनको सूचना

काठमाडौं । जिल्ला प्रशासन कार्यालय मुस्ताङले जिल्लाका उच्च हिमाली क्षेत्रमा कात्तिक १२ गतेसम्म पदयात्रा नगर्न/नगराउन सुझाव दिएको छ। जल तथा मौसम विज्ञान विभागले कात्तिक १० देखि १२ गतेसम्म उच्च हमाली क्षेत्रमा हिमपात हुने प्रक्षेपण गरेकाले स्थानीय प्रशासनले सूचना जारी गरी पदयात्रा नगर्न आग्रह गरेको हो। यसैबीच मुस्ताङको मुक्तिनाथ मन्दिर आसपास हिमपात भएको छ। हेर्नुहोस् मुस्ताङ प्रशासनको […]

आज कोशी र कर्णाली प्रदेशका पहाडी भागमा भारी वर्षाको सम्भावना

काठमाडौँ । मौसमविद्हरूले कोशी र कर्णाली प्रदेशका पहाडी भागमा भारी वर्षाको सम्भावना रहेको बताएका छन्। हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदरभन्दा दक्षिणतिर अवस्थित रहेको छ । सिक्किम आसपासको निम्नचापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भूभागमा पर्ने देखिएको जल तथा मौसम विज्ञान विभाग पूर्वानमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका […]

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बागमती […]

पानीको सतह बढेपछि कोशी ब्यारेजका ३१ ढोका खोलिए

धरान । सप्तकोशी नदीमा पानीको सतह बढेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार आइतबार राति १० बजे गरिएको जलसतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड दुई लाख २६ हजार ५६० क्युसेक पुगेको छ । आइतबार दिउँसो २ बजे एक लाख ७४ हजार ३७५ प्रतिसेकेन्ड पानीको प्रवाह मापन गर्दा २३ ढोका […]

तीन फरक स्थानमा सतर्कताको सूचना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले आज बिहानको जलस्तर मापनको आधारमा तीन फरक स्थानमा सतर्कताको सूचना जारी गरेको छ। कञ्चनपुर जिल्लाको जोगबुढा (मायापुरी) जलमापन केन्द्रमा आज बिहान ७:२० बजेको जलसतहले सतर्कता तह पार गरेको छ। जलस्तर बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा रहेका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। यसैगरी, पछिल्लो तीन […]

आज कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह केही बढेको देखिएको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी र तराई […]