धनगढीमा दुई सय मिलिमिटर वर्षा, जलमग्न धनगढी

धनगढी। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा गत २४ घण्टामा २०० मिलिमिटर वर्षा भएको छ । अत्तरियास्थित महाकाली बेसिनका प्रमुख इन्जिनियर संजयकुमार साहका अनुसार यो वर्षामा धनगढीमा यति धेरै पानी पहिलो पटक परेको हो । धनगढीमा आइतबार दिउँसाेदेखि पानी धनगढी, असार १६ गते । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा गत २४ घण्टामा २०० मिलिमिटर वर्षा भएको […]
२ ट्रक ठोकिँदा स्टेरिङमा च्यापिएका चालकको ३ घण्टापछि उद्धार

बारा। बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ चुरियामाई मन्दिरको जंगलमा दुई ट्रक आपसमा ठोकिएका छन्। एउटै दिशातर्फ जाँदै गरेका दुई ट्रक आइतबार साँझ आपसमा ठोकिँदा दुर्घटना भएको हो। दुई ट्रक ठोकिँदा च्यापिएका एक चालकको ३ घण्टापछि उद्धार गरिएको छ। स्टेरिङमा च्यापिका उनलाई ट्रकको झ्याल काटेर निकालिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। थापाका अनुसार दुर्घटनमा […]
गोरखामा १३ प्रतिशत रोपाइँ सम्पन्न

गोरखा। गोरखामा जम्मा १३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । पानी नपर्दा अधिकांश किसानका खेतहरु बाँझै रहेका कारण सोचेजस्तो रोपाइँ हुन नसकेको कृषि ज्ञानकेन्द्र गोरखाका प्रमुख प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार गत साल असार १५ गते गोरखामा २० प्रतिशत रोपाइँ भएकोमा अहिले सुख्खा खडेरीले रोपाइँमा ढिला भएको उहाँले बताउनुभयो । जम्मा १३ प्रतिशत […]
साताभर निरन्तर वर्षा हुने

काठमाडौँ। यो वर्षको मनसुनले आइतबारदेखि वर्षाको गति बढाएको छ । आउँदो सातासम्म देशव्यापी निरन्तर वर्षा हुने भएको छ । साताको पहिलो तीन दिन आइतबार, सोमबार र मङ्गलबारसम्म गण्डकीदेखि पारिका चार वटा प्रदेशमा अधिक वर्षाको खतरा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यसपछिका बाँकी दिनमा बागमतीदेखि पूर्वका तीन वटा प्रदेशका विभिन्न भूभागमा अधिक […]
आइतवार र सोमवार १२ जिल्ला भारी वर्षाको जोखिममा

काठमाडौँ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम नेपालका विभिन्न १२ जिल्ला आइतवार र सोमवार भारी वर्षाबाट उच्च जोखिममा रहेको जनाएको छ। प्राधिकरले आज एक सूचना जारी गरी सुदूरपश्चिम प्रदेशको बैतडी, डडेल्धुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर, कर्णाली प्रदेशको सुर्खेत, दैलेख र सल्यान, लुम्बिनी प्रदेशको बाँके, बर्दिया र दाङमा भारी वर्षाको जोखिम रहेको जनाएको हो। […]
कृषकको कथाः कृषि पेशामा जमेको जोडी

गुल्मी। सत्यवति–३ ठूलोलुम्पेक बोरहका इन्द्र विश्वकर्मा र प्रेमकला गाहाको अन्तरजातिय बिहे हो । जातिय विभेदले जगडिएको समाजमा अन्तरजातिय बिहेनै एउटा क्रान्ति हो । यो जोडीले बिहेसँगै कृषिमा समेत क्रान्ति गरेको छ । वैदेशिक रोजगारीका लागि इन्द्र मलेसियार र भारत पुग्नुभएको इन्द्रले २०७२ साल तिर घर फर्किएर करिब तीन वर्ष गाउँमै बस चलाए । तर त्यसबाट […]
काठमाडौँसहित यी ३५ जिल्लामा आज बाढी र पहिरोको जोखिम

काठमाडौं। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले हरेक दिनजस्तै आज (असार १४, शनिबार) पनि बाढीबारे सतर्कता सूचना जारी गरेको छ। बाढी महाशाखाका अनुसार आज बागमतीलगायत देशका ठूला नदी आसपास तथा काठमाडौँसहित ४७ जिल्लामा सतर्कता अपनाउन आवश्यक छ। आज कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूका साथै कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई […]
ललितपुरमा बाढीले बगाउँदा सबइन्जिनियरको मृत्यु

ललितपुर। ललितपुरको दक्षिणपूर्वी भेगमा रहेको महाँकाल गाउँपालिका–६, ठूला दुर्लुङमा खोल्सामा आएको बाढीले बगाउँदा एक सब-इन्जिनियरको मृत्यु भएको छ। महाँकाल गाउँपालिका–६ का वडाध्यक्ष विनोद चौलागाईंले दिएको जानकारीअनुसार मृत्यु हुनेमा सब-इन्जिनियर २१ वर्षीय सविन दाहाल छन्। बुधबार साँझ ठूला दुर्लुङस्थित भर्याङ खोल्सामा आएको बाढीले बगाउँदा महाँकाल–४, कालेश्वर स्थायी ठेगाना भई हाल ललितपुर महानगरपालिका–२९, हरिसिद्धि बस्ने दाहाल बेपत्ता […]
चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा साथै बागमती प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भई रहेको […]
कोटामार्फत रासायनिक मलको वितरण सुरु

कञ्चनपुर। कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले कोटा निर्धारण गरी स्थानीय तहलाई रासायनिक मलको बिक्री वितरण सुरु गरेको छ । प्रदेश मल वितरण व्यवस्थापन समितिको निर्णयअनुसार नगरपालिकालाई ६९ देखि ९० मेट्रिकटन र गाँउपालिकाका लागि ५५ दशमलव नौ मेट्रिकटनका दरले डिएपी मल वितरण गर्ने गरी कोटो निर्धारण गरिएको कृषि सामग्री कम्पनी महेन्द्रनगरका निमित्त प्रमुख सुन्दर केसीले […]