काठमाडौंसहित १५ जिल्लामा बाढीको जोखिम

काठमाडौं । देशभर मनसुन सक्रिय भएसँगै बाढी–पहिरोका घटना समेत बढ्न थालेका छन् । आज (बुधबार) पनि देशभर हल्कादेखि भारी बर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज पनि बाढी पहिरोका घटनाबारे सचेत गराउँदै सूचना जारी गरेको छ । महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज आज काठमाडौँ, ललितपुर, भक्तपुर, बागलुङ, […]
पाँच प्रदेशमा नदीको बहाव आकस्मिक बढ्न सक्ने, सतर्कता अपनाउन आव्हान

काठमाडौँ। जल तथा मौसम पूर्वानुमान महाशाखाले मङ्गलबार कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश भएर बहने केही स–साना नदीहरूमा बहाव आकस्मिक बढ्न सक्ने पूर्वानुमान गरेको छ । महाशाखाले असार १४ गतेदेखि १६ गते कर्णाली र सुदूरपश्चिमका केही जिल्लामा धेरै भारी पानी परेको भन्दै सतर्कता अपनाउन आव्हान गरेको थियो । मौसमविद् गोविन्द झाका अनुसार मनसुन सक्रिय […]
एक मिहनामा ६७४ वटा मनसुनजन्य विपद्ः ३१ जनाको मृत्यु, ११२ घाइते

काठमाडौँ। बर्खायाम सुरु भए लगतै नेपाली मनमा पनि डरको चिसो पस्न थाल्छ । हरेक वर्ष मौसमी विपद् बाट ज्यान गुमाउने घाइते हुनेको संख्या अगन्य हुने गरेको पाइन्छ । यस वर्षपनि बर्खायाम सुरु भएलगतै यसको विपत्तिको असर देखा पर्न थालिसकेको छ। गत जेठ १५ देखि यही असार १६ गतेसम्म ६७४ वटा मनसुनजन्य विपद्का घटना भएका छन् […]
ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते

बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चार्जिङ प्वाइन्ट नजिकै आज बिहान कोइला बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छभने सहचालक घाइते भएका छन् । भारतको वनारसबाट रिद्दिसिदी सिमेन्ट उद्योगका लागि कोइला लिई आउँदै गरेको युपी६१एटी ०९६२ नम्बरको लहरी ट्रक दुर्घटना हुदाँ ट्रक चालक भारतको गाजीपुर जिल्ला पुरैनियाँ निवासी ४५ वर्षीय महेन्द्र यादवको […]
मौसम अपडेट: चार प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तरतर्फ पश्चिम नेपालको केही नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका केही […]
कृषकको कथा: काँक्रोखेतीबाट अढाई लाख कमाई

पाल्पा । पाल्पाको रामपुरका दिलबहादुर थापा र लालबहादुर थापाले यसपटक काँक्रोखेतीबाट मनग्य आम्दानी गर्न सफल भएका छन्। काँक्रोबाट छोटो समयमा नसोचेको आम्दानी भएपछि उनीहरु उत्साहित बनेका छन्।काममा निरन्तरको मेहेनत र व्यवसायमा आउने उतारचढावमा धैर्य गर्न सकियो भने राम्रै आयआर्जन गर्न सकिन्छ भन्ने थापा दाजुभाइले उदाहरण प्रस्तुत गरेका छन्। करिब दुई रोपनी क्षेत्रमा लगाइएको कर्मा जातको […]
हाइवे अपडेट: बीपी राजमार्ग एकतर्फी खुल्यो

काठमाडौं । सोमबार साँझ पहिरोले अवरुद्ध भएको बीपी राजमार्ग एकतर्फी खुलेको छ। सडक विभागको जेसीबीले लेदो पन्छाएपछि राजमार्ग खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। सोमबार साँझ १७ः१० बजे काभ्रेको रोशी गाउँपालिका–९ नार्केमा सडक माथिबाट लेदो खस्दा सडक अवरुद्ध भएको थियो। अविरल वर्षाका कारण सडक माथिबाट लेदो आई दुवैतर्फी अवरोध भएको सडक पहिरो पन्छाएपछि एकतर्फी […]
कञ्चनपुरकाे विभिन्न स्थानका १५ घर डुबानमा

कञ्चनपुर । आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण कञ्चनपुरका विभिन्न स्थान डुबानमा परेका छन् । जिल्लाका विभिन्न स्थानमा गरी सोमबार साँझसम्म १५ परिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको हो । वर्षापछि आएको बाढीले जिल्लाको कृष्णपुर नगरपालिका ५ र ७ मा केही परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ । आइतबार दिउँसो कृष्णपुर […]
तमोर नदीमा बगेर एक जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–३ का एक युवा तमोर नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार मिक्वाखोला–३ निवासी २५ वर्षीय लाक्पा शेर्पा आज दिउँसो साढे १२ बजे फुङ्लिङ नगरपालिका–१ स्थित तमोर नदीमा नुहाउने क्रममा बगाएर बेपत्ता भएका हुन्। बेपत्ता शेर्पा सेवालुङ क्रसरमा ट्याक्टर चालकका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ। […]
धनगढीका झन्डै एक हजार घर डुबानमा

धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा अविरल वर्षापछि घर डुबानमा परेर फसेका आठ जनालाई प्रहरीले उद्धार गरेको छ ।धनगढी उपमहानगरपालिका –७ को बेली गाउँका चार जना र धनगढी–१३ को श्रीलंकाका चार जना गरी आठ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले घर डुबानमा परेपछि एक […]