कृषकको कथा: कालीगण्डकीमा व्यावसायिक अकबरे खेती, मूल्य न्यूनतम २२५ रुपैयाँ प्रतिकिलो

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका किसानले व्यावसायिक अकबरे खुर्सानी खेती सुरु गरेका छन्। गाउँपालिका र हेफर परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा कालीगण्डकी कृषि तथा पशु उद्यमशीलता विकास परियोजनामार्फत गाउँपालिकाका सात वटै वडामा अकबरे खुर्सानीको व्यावसायिक खेती सुरु गरिएको हो। बजार मूल्य र माग राम्रो रहेकाले यसको व्यावसायिक उत्पादन गरी किसानको आर्थिकस्तर उकास्नका लागि अभियानले ठूलो […]
विपद्मा सतर्कता अपनाउन नागरिकलाई प्रशासनको अनुरोध

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले मनसुनजन्य विपद् पूर्व सतर्कता अपनाउन जिल्लास्थित सम्पूर्ण नागरिकहरूलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवम् विपद् सम्पर्क व्यक्ति सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले एक सार्वजनिक सूचना आह्वान गर्दै ताप्लेजुङ र भिरालो धरातल रहेको र मनसुनका बेला यस्ता स्थानहरूमा जोखिमको ठूलो सम्भावना हुने भएकोले सतर्क र […]
खलङ्गासहित चार स्थानको खानेपानीमा इकोली जीवाणु

दार्चुला । दार्चुला सदरमुकाम खलङ्गामा वितरण गरिएको खानेपानीमा मानव स्वास्थ्यका लागि घातक हुने इकोली जीवाणु पाइएको छ । स्वास्थ्य कार्यालय दार्चुलाले गरेको परीक्षणमा पाँच स्थानबाट सङ्कलन गरिएको नमुनामध्ये चार स्थानको पानीमा इकोली जीवाणु फेला परेको हो । स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख वीरेन्द्रप्रसाद भट्टका अनुसार दूषित पानीकै कारण पानीमा इकोली देखिएको पुष्टि भएको छ । पछिल्लो […]
विदेशिएका तनहुँका ३७ जना बाकसमा फर्किए

तनहुँ । मुलुकभित्र रोजगारीका अवसरको कमीले गर्दा विदेशी भूमिमा पसिना बगाएर परिवार सुखसँग पाल्ने र छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिने उद्देश्यले विदेशिएका तनहुँका ३५ युवा सम्झनामा सीमित भएका छन् । वैदेशिक रोजगारीकै क्रममा ज्यान गुमाएपछि उनीहरु सम्झनामा सीमित भएका हुन् । चालु आर्थिक वर्षको हालसम्म जिल्लाबाट वैदेशिक रोजगारीमा गएका ३७ जनाले ज्यान गुमाएर बाकसमा फर्किएको सुरक्षित […]
यी भू–भागका आज भारी वर्षा हुने

काठमाडौं । हाल मधेशबाहेक अरू प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गएराति संखुवासभा, सिन्धुपाल्चोक र कास्कीमा ठूलो पानी परेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनीका धेरै ठाउँ र बाँकी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्टयाङसहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, वाग्मती, गण्डकी […]
कुशे गाउँपालिका–३ मा एकै घरका दिदी र बहिनीको ढुङ्गा लागेर मृत्यु

जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको ढुङ्गा लागेर मृत्यु भएको छ। बिहीबार बेलुका ९ बजे टहरामा सुतिरहेका १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको मृत्यु भएको वडाध्यक्ष वीरबहादुर बुढाले जानकारी दिए। नियमित पानी परिरहेकाले समस्या भइरहेको उनले जानकारी दिए। नरबहादुर बुढाका दुई छोरी बाख्रा हेरचाहका लागि भूकम्पपीडितका लागि […]
वर्षाका कारण धुलिखेल–साँगा सडक खण्डमा रोकियो काम

काभ्रेपलाञ्चोक । सडक विस्तार भइरहेको अरनिको राजमार्गअन्र्तगत साँगा–धुलिखेल सडक खण्डको काम वर्षाका कारण रोकिएको छ । मनसुन बाहिरिएपछि पुनः काम सुचारु हुने आयोजनाले जनाएको छ । उक्त सडक खण्डको पुलबजार क्षेत्रमा भने स्थानीयको अवरोधका कारण चार महिनादेखि काम ठप्प अवस्थामा छ । उक्त क्षेत्रको करिब २ सय मिटर क्षेत्रमा विस्तारकार्य रोकिएको सडक विभागको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास […]
कृषकको कथा: पालुङटारमा ११ करोडको लिची बिक्री

गोरखा । गोरखाको पालुङटार नगरपालिकामा यस वर्ष लिची बिक्रीबाट ११ करोड १५ लाख रुपियाँको कारोबार भएको छ । यस वर्ष गत वर्षभन्दा पनि बढी लिची उत्पादन भएको छ । गत साल लिची उत्पादनबाट ६, ७ र ८ नम्बर वडामा १० करोड २५ लाख रुपियाँ आम्दानी भएको थियो भने यस वर्ष बढेर ११ करोड १५ लाख […]
कृषकको कथा: बाँदरको समस्याको विकल्पमा कागुनोखेती

गण्डकी । पोखरा महानगरपालिका–२८ काफलघारीका कृषक बाँदरको बढ्दो समस्यालाई दृष्टिगत गर्दै कागुनोखेतीतर्फ आकर्षित बनेका छन् । बाँदरले बर्सेनि बालीनाली खाइदिने तथा नष्ट गरिदिने भएपछि २०७५ सालदेखि कागुनोखेती गर्न लागेका यहाँका स्थानीय अहिले भने सामूहिक रुपमा नै यस खेतीतर्फ आकर्षित बनेका हुन् । अन्य खेतीका तुलनामा कागुनोखेती बाँदरले कम खाने भएका कारण आफूहरू यसतर्फ लागेको काफलघारी […]
हाइवे अपडेट: पासाङल्हामु राजमार्ग अवरुद्ध

रसुवा । पहिरोले पासाङ ल्हामु राजमार्ग अवरुद्ध भएको छ । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ का तातोपानी डाँडा, बालुवाखानी, फ्याङलुङ र लिङलिङमा पहिरो खस्दा पासाङ ल्हामु राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको हो । तातोपानी डाँडा र बालुवा खानीमा पहिरो खसेको ठाउँमा इलाका प्रहरी कार्यालय टिमुरेबाट प्रहरी नायव निरीक्षक धनबहादुर तामाङ नेतृत्वको टोली खटिएको छ । बाटो खुलाउनका […]