त्रिशूली नदीको छुट्टाछुट्टै ठाउँमा दुई शव भेटिए

रसुवा । त्रिशूली नदीको उपल्लो भूभाग नुवाकोट तर्फबाट आएको बाढीले त्रिशूली नदीमा बहाव बढेसँगै धादिङको छुट्टाछुट्टै स्थानमा दुई जनाको शव भेटिएको छ। गजुरी गाउँपालिका–६ बेल्खुमा र गल्छी गाउँपालिका–२ केउरेनीमा शव भेटिएका हुन्। दुवै शव पुरुषको रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए। बिहानैदेखि त्रिशूली नदीमा पानीको बहाव अत्यधिक बढेको छ। धादिङको […]
रसुवाको बाढी धादिङ प्रवेश, सतर्क रहन आग्रह

धादिङ, असार २४ गते । भोटेकोशीमा मङ्गलबार बिहान आएको भीषण बाढी धादिङ प्रवेश गरेको छ । बाढीले जनधनको क्षति नहोस् भनेर जिल्ला प्रशासन कार्यालय उच्च सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेको छ । त्रिशुली नदीमा आएको भीषण बाढी हेर्नका लागि स्थानीय बासिन्दा सुरक्षित ठाउँमा बसेर हेरिरहेका छन् भने गजुरी, मलेखु, चरौँदीलगायतका स्थानमा बाढी कुरिरहेका छन् । […]
रसुवा नाकामा भिषण बाढी – मितेरी पुलसँगै सयौं मालबाहक गाडी बगायो

काठमाडौं । भीषण वर्षासँगैको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । गएरातिको बाढीले पुल बगाएसँगै रसुवा हुँदै चीनसम्मको मार्ग बिच्छेद भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए । यस्तै भन्सारको यार्ड (ड्राइपोट) मा रहेका १०० देखि १५० वटा गाडीमध्ये अधिकांश बाढीले बगाएको जानकारी आएको समेत उनले बताए । उनले ड्राइपोटमा काम गर्ने केही […]
मनसुनजन्य विपद : काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमा तीन सय ९५ बस्ती उच्च जोखिममा

काभ्रेपलाञ्चोक । मनसुनजन्य विपदमा काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमा तीन सय ९५ बस्ती उच्च जोखिममा परको छ । स्थानीयस्तरबाट जिल्लास्थित विपद् व्यवस्थापन समितिलाई प्राप्त प्रतिवेदनमा यस वर्षको मनसुनजन्य विपदमा उक्त संख्याको बस्तीका छ हजार तीन सय ७५ घरपरिवार उच्च जोखिममा रहेको जनाइएको हो । समितिका अनुसार ती बस्तीको परिवारका २३ हजार ४५ नागरिक मनसुनजन्य विपद्बाट प्रभावित […]
पथरीशनिश्चरे नगरपालिकामा सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु

मोरङ । मोरङमा सावारी साधन दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। पथरीशनिश्चरे नगरपालिका-२ स्वागत टोलमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट सोही ठाउँ बस्ने ६७ वर्षीय दिलमान साम्बाको मृत्यु भएको हो। आइतबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो। यसैगरी मोरङ, विराटनगर महागनरपालिका-३ स्थित […]
बागमती प्रदेशमा २० प्रतिशत धान रोपाइँ

बागमती । बागमती प्रदेशमा हालसम्म २० दशमलव ५१ प्रतिशत जग्गामा मात्र धान रोपाइँ भएको छ । असार महिना बित्नै लाग्दा अहिलेसम्म बागमती प्रदेशमा सो परिमाणमा खेतीयोग्य जग्गामा मात्र धान रोपाइँ हुन सकेको हो । बागमती प्रदेश कृषि निर्देशानलयका सूचना अधिकारी प्रमोदप्रसाद दाहालका अनुसार यस वर्ष समयमै वर्षा नहुँदा प्रदेशको करिब ८० प्रतिशत खेतीयोग्य जग्गा अझै बाँझो […]
कमलामाई नगरपालिकामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–७ फिटिङ पुल नजिक स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा ललितपुर उपमहानगरपालिका–२९ घर भई कमलामाई नगरपालिका–६ मा डेरा गरी बस्ने रितेश जोन्छे रहेको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि एम्बुलेन्समा राखेर काठमाडौंतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए […]
हाइवे अपडेटः बेनी–दरवाङ सडक पहिरोले अवरुद्ध

काठमाडौं । बेनी–दरवाङ सडक खण्ड अवरुद्ध भएको छ । पहिरो खसेर सडक पुरेपछि सयौँ सवारी साधन अलपत्र परेका छन् । म्याग्दीको बेनी नगरपालिका–४ घुमाउने भिरस्थित बेनी–दरवाङ सडकमा माथिबाट पहिरो खसेको प्रहरीले जनाएको छ। बिहान ५ः५० बजे खसेको पहिरो हटाएर सडक खुलाउने पहल भइरहेको प्रहरीले बताएको छ ।
काभ्रेपलाञ्चोक र भक्तपुरमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाको अनुरोध

काठमाडौं । आइतबार राति काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा पानी परिरहेको छ। यसैबीच बाढी पूर्वानुमान महाशाखाले आइबार राति ९ बजे काभ्रेपलाञ्चोक र भक्तपुरमा पछिल्लो एक घण्टाभित्रै मध्यम वर्षा भएको भन्दै चेतावनी जारी गरेको छ। बाढी महाशाखाले भनेको छ : पछिल्लो १ घण्टामा काभ्रेपलाञ्चोक जिल्लास्थित नाला वर्षामापन केन्द्र र भक्तपुर जिल्लास्थित नगरकोट वर्षा मापनकेन्द्रमा मध्यम वर्षा मापन भएकाले सो क्षेत्र भई वहने […]
कटारीमा जेसिबी पल्टिँदा चालकको मृत्यु

उदयपुर । उदयपुरको पश्चिमी भेगस्थित कटारी नगरपालिका-८ मा गएराति जेसिबी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। मिर्चया–कटारी–घुर्मी सडक खण्ड (सिद्धिचरण लोकमार्ग) मा को १ क २७९५ नम्बरको जेसिबी राति करिब ८:१५ बजे अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेको थियो। इलाका प्रहरी कार्यालय कटारीका डीएसपी कमल बजगाईका अनुसार वडाको सडक योजनाको काम सकेर […]