कटारीमा जेसिबी पल्टिँदा चालकको मृत्यु

  • प्रकाशित मिति : July 6, 2025
  • sthaniyasarkar.com

उदयपुर । उदयपुरको पश्चिमी भेगस्थित कटारी नगरपालिका-८ मा गएराति जेसिबी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

मिर्चया–कटारी–घुर्मी सडक खण्ड (सिद्धिचरण लोकमार्ग) मा को १ क २७९५ नम्बरको जेसिबी राति करिब ८:१५ बजे अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेको थियो।

इलाका प्रहरी कार्यालय कटारीका डीएसपी कमल बजगाईका अनुसार वडाको सडक योजनाको काम सकेर फर्कने क्रममा घुम्तीमा ‘ब्याक’ गर्दा जेसिबी असन्तुलित भई पल्टिएको थियो।

दुर्घटनामा जेसिबीको पछाडिको चक्काले किचेर चालक कटारी नगरपालिका-१०, सोरुङछबिसेका २२ वर्षीय नवीन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो।

मृतकको शव पोष्टमार्टमका लागि कटारीस्थित प्रदेशिक अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।