नदी किनारका चितवन बासिन्दालाई अलर्ट माइकिङ

चितवन । त्रिशुली तथा कालिगण्डकीको शिरमा वर्षा भएर वाढीको जोखिम हुने भन्दै चितवनमा अलर्ट हुन सर्वसाधारणलाई अनुरोध गरेको छ । मङगलबार विहान रसुवा र साँझ मुस्ताङमा आएको वाढीको प्रभाव चितवनमा पर्ने भन्दै नदी तटीय क्षेत्रमा सचेतना फैलाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रविन्द्र खनालले बताए । प्रवक्ता खनालले गएराति भारी वर्षा भएको र पानीको मुहान […]
बारामा यसवर्ष ९१ हजार ८०० मेट्रिक टन चैते धान उत्पादन

बारा । बारा जिल्लाका किसानले यसवर्ष ९१ हजार ८०० मेट्रिक टन चैते धान उत्पादन गरेका छन् । कृषि ज्ञानकेन्द्र बाराका प्रमुख राजनारायणप्रसाद साहले ९१ हजार ८०० मेट्रिक टन चैते धान उत्पादन बताएका छन्र । किसानले उत्पादित धानको कलैया बजारमा प्रतिक्विन्टल रु दुई हजार २०० मा बिक्री गरिरहेका छन् । गत वर्ष प्रतिक्विन्टल रु तीन हजारको […]
आज यी नदीमा आकस्मिक बाढीको जोखिम उच्च

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म देशका अधिकांश प्रमुख नदीहरूमा जलसतह उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरेको छ। आज बिहान जारी बाढी पूर्वानुमान बुलेटिनअनुसार कोशी, नारायणी, कर्णाली, महाकाली लगायतका प्रमुख नदी प्रणालीमा पानीको बहाव निरन्तर बढ्ने देखिएको हो। विभागका अनुसार आगामी तीन दिन कोशी प्रदेशका सप्तकोशी, तमोर, अरुण, दूधकोशी, तामाकोशी र सुनकोशीमा […]
बाढीबाट जैमिनी नगरपालिकामा दुई घर विस्थापित, विद्युत आयोजना बगाउदा गाउँ नै अन्धकार

बागलुङ । अविरल वर्षासँगै खोलामा आएको बाढी र गेग्रानले दक्षिण बागलुङमा लघु जलविद्युत आयोजना, पुल र घरहरुमा क्षति पुर्याएको छ । बागलुङको जैमिनी नगरपालिका–९ पैयुथन्थाप हुँदै बग्ने कालुङखोलाले सोही ठाउँमा रहेको उपल्लो कालुङखोला लघु जलविद्युत आयोजना बगाएको हो । बुधबार बिहानपख आएको बाढीले आयोजनाको बाँधसँगै पावरहाउस बगाएको स्थानीय गंगा आचार्यले बताएका छन् । आयोजनाका प्राविधिक […]
टोखा नगरपालिकामा माइक्रोले ठक्कर दिँदा पठाओ चालकको मृत्यु

काठमाडौँ । टोखामा ईभी गाडीले ठक्कर दिँदा पठाओ चालकको मृत्यु भएको छ। टोखा नगरपालिका– ६ ग्राण्डि सडक खण्डमा बा.प्र–०१ ००२ ज ७३७८ नम्बरको ईभी माइक्रोले बा.प्र–०२–०४४ प ६४०५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा २४ वर्षीय युवकको मृत्यु भएको हो। घटना मंगलबार दिउँसो साढे ३ बजेतिरको हो। मृत्यु हुनेमा सर्लाहीको हरिवन नगरपालिका–१ बिलन्दी घर भइ हाल भक्तपुरको […]
हाइवे अपडेटः बाढीपहिरोले प्रमुख दस राजमार्ग पूर्णरूपमा अवरुद्ध

काठमाडौँ । बाढीपहिरोका कारण मुलुकका १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभामा कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, मकवानपुरको कान्ति लोकपथ, म्याग्दीस्थित दरवाङ सडक, नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग, डोल्पास्थित भेरी करिडोर, रुकुमपश्चिमको जाजरकोट–डोल्पा–भेरी करिडोर र बझाङस्थित जयपृथ्वी राजमार्ग अवरुद्ध भएका हुन् । यसैबीच, बाढी पहिरोका कारण अवरुद्ध […]
सतर्कता अपनाउन सिन्धुपाल्चोक प्रशासनको आग्रह

काठमाडौं । चीन स्वशासित तिब्बतको न्यालममा वर्षा भइरहेको भन्दै चिनियाँ अधिकारीले उत्तरी सीमा क्षेत्र सिन्धुपाल्चोकको तातोपानी आसपासमा सर्तक रहन सन्देश प्रवाह गरेका छन्। चिनियाँ अधिकारीहरुले बर्षाका कारण बाढी आउन सक्ने खतराको संकेत गरेलगत्तै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले मंगलबार दिउँसो सूचना जारी गरी नागरिकहरुलाई सतर्कता अपनाउन अपिल गरेको छ। तिब्बतमा अझै भारी वर्षा हुनसक्ने मौसमविद्को चेतावनीपछि सीमामा […]
मुस्ताङमा लेदोसहितको बाढी

मुस्ताङ । मुस्ताङमा गेग्य्रान र लेदोसहितको बाढी आएको छ। उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका-४ स्थित चुम्जुङ खोलामा एक्कासि लेदोसहितको बाढी आएको हो। उक्त खोलाको बाढीका कारण थप जोखिम ननिम्त्याओस् भनेर सशस्त्र प्रहरीले तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको जनाएको छ। खोलाका तटीय क्षेत्रहरू छुसाङ, कागबेनी, जोमसोमलगायत क्षेत्रमा सतर्कता अपनाइएको बताइएको छ। हिमालपारिको जिल्ला मुस्ताङम खासै पानी पर्दैन। […]
बाँकेमा पूर्व सूचना दिन १० ठाउँमा साइरन

नेपालगन्ज । बाढी र डुबानको उच्च जोखिम रहने बाँके जिल्लाका दुई गाउँपालिकाका अति जोखिमपूर्ण १० ठाउँमा विपद् पूर्व सूचना प्रणाली अन्तर्गत बाढीको पूर्व सूचना दिने साइरन जडान गरिएको छ। मनसुनमा आउने सम्भावित बाढीबारे समयमै चेतावनी दिन राप्ती सोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाका तटीय क्षेत्रका १० स्थानमा सो साइरन जडान गरिएको हो। नरैनापुर गाउँपालिकाको–५ अन्तर्गत मटेहिया र […]
यी हुन् भोटेकोसीको बाढीमा बेपत्ता १८ जना (नामावली)

रसुवा । रसुवामा मंगलबार बिहान भोटेकोसीको बाढीमा परी बेपत्ताहरूको पहिचान सार्वजनिक गरेको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार भन्सार यार्डमा काम गर्नेमध्ये ९ नेपाली र ६ जना चिनियाँ गरी १५ जना सम्पर्कविहीन छन्। यस्तै उद्धारमा खटिएका इलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत ३ जना प्रहरी कर्मचारी पनि बाढीमा बेपत्ता छन्। यी हुन् बेपत्ता ३ प्रहरी […]