चितवन । त्रिशुली तथा कालिगण्डकीको शिरमा वर्षा भएर वाढीको जोखिम हुने भन्दै चितवनमा अलर्ट हुन सर्वसाधारणलाई अनुरोध गरेको छ । मङगलबार विहान रसुवा र साँझ मुस्ताङमा आएको वाढीको प्रभाव चितवनमा पर्ने भन्दै नदी तटीय क्षेत्रमा सचेतना फैलाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रविन्द्र खनालले बताए ।
प्रवक्ता खनालले गएराति भारी वर्षा भएको र पानीको मुहान तर्फ पनि वर्षात भएको भन्दै नारायणी नदी किनार तथा यसको आसपासमा माइकिङ गर्दै सर्वसाधरणलाई सचेत पारेको छ ।
हामीले हिजोदेखि आज पनि नदी वरपरका स्थानीय वासिन्दालाई सचेत रहन सूचना गरेको जानकारी दिए। नारायणगढ बजारनजिक रहेको नारायणी नदी किनारमा राखिएका ठेलाका व्यापार, मनोरञ्जनका लागि राखिएको मोटर वोर्ड सबैलाई हटाएर अहिले खाली बनाएको खनालले बताए । सर्तकता आपनाएपछि सम्भावित दुर्घटनाबाट बच्न सकिन्छ भन्दै जानकारी गराएको उनले बताए ।
जिल्ला प्रशासन कर्यालयले समेत सूचना प्रकाशित गरी सचेत रहन भनेको छ ।
भारी वर्षाका कारण हुन सक्ने बाढी पहिरो र अन्य क्षतिको जोखिम देखिएमा तुरून्त नजिकको सुरक्षा निकाय वा प्रहरी कन्ट्रोल १०० वा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रको फोन ९८४४२०८८८८ मा जानकारी गराउन आग्रह गरिएको छ ।
नवलपुरमा पनि सतर्कता
भोटेकोशीमा आएको वाढीको कारण यता नारायणी नदीमा पनि पानीको बहाब बढ्न सक्ने सम्भावना रहेको छ । नारायणी नदीमा पानीको सतह बढ्न सक्ने आशङ्का गरिएसँगै नारायणी नदी तटीय आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन नवलपुर प्रहरीले सूचना प्रसारण तथा माइकिङ गरेर आग्रह गरिएको छ ।
नवलपुर जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक यादव ढकालले नवलपुरका नारायणी नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कतामा रहन आग्रह गर्दै गैँडाकोटदेखि त्रिवेणीसम्म माइकिङ गरिएको बताउनुभयो । साथै उहाँले उद्धार टोली तयारी अवस्थामा रहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *