चार महिनामा विपद्का घटनामा परेर १२६ जनाको मृत्यु, २३ बेपत्ता

काठमाडाैँ । गत वैशाखदेखि साउन मसान्तसम्म देशभर भएका दुई हजार ८५३ वटा विपद्का घटनामा परेर एक सय २६ जनाको निधन भएको छ। यस अवधिमा विपद्का घटनामा पाँच सय ८५ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएकाे छ। प्राधिकरणका अनुसार विपद्मा परेर २३ जना बेपत्ता हुँदा पाँच हजार ४१ परिवार प्रभावित भएका […]
बिगु गाउँपालिका–२ ओराङका १३ घरपरिवार जोखिममा

दोलखा । अविरल वर्षासँगै आएको पहिरोबाट दोलखाको बिगु गाउँपालिका–२ ओराङका १३ घरपरिवार जोखिममा परेका छन् । गए राति परेको अविरल वर्षासँगै आएको पहिरोबाट घरको आँगन बगाएपछि जोखिममा परेका १३ घरका ६३ जनालाई तत्कालका लागि सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार घरमा बस्न नसक्ने अवस्थामा रहेका वडा […]
वैशाखयता दुई हजार बढि विपद्, एक सय १७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही साउन २४ गतेसम्म कुल दुई हजार छ सय ७५ विपद्का घटना भएका छन्। ती घटनाबाट चार हजार ७२५ घरपरिवार प्रभावित भएका छन्। विपदका घटनामा परेर एक सय १७ जनाको ज्यान गएको छ भने पाँच सय ६४ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सो अवधिमा […]
बाढीले चुमनुब्री गाउँपालिका–७ खुन्ग्युको खोलाको काठे पुल बगायो

सुलीकोट । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकेम्पारस्थित नाकी खोला र लार खुन्ग्युको खोलामा रहेको काठे पुल बाढीले बगाएको छ । बुधबारदेखि परेको भिषण बर्षाले तिब्बती क्षेत्रमा रहेको चुमनुब्रीको–७ छेकम्पारको लार गाउँ र फुर्पे गाउँ भएर बग्ने खुन्ग्यु खोलाको दुई वटा पुल बाढीले बगाएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए । उहाँका अनुसार काठे पुलको […]
काठमाडौँसहित यी ३२ जिल्लामा आज आकस्मिक बाढीको जोखिम

काठमाडाैँ । बाढी पूर्वानुमान महाशाखाले आज (साउन २२, बिहीबार) देशका विभिन्न स्थानमा बाढी आउन सक्ने र त्यसले जोखिम निम्त्याउन सक्ने भनी सतर्कता सूचना जारी गरेको छ। बाढी महाशाखाका अनुसार आज बिहान मापन गर्दा कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाब सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ। यसबाहेक […]
काभ्रेसहित ७ जिल्लामा ‘रेड’ र काठमाडौँलगायत ३५ वटामा ‘एल्लो अलर्ट’ जारी

काठमाडाैँ । आज (साउन २०, सोमबार) राजधानी काठमाडौँसहित देशका ४२ जिल्लाका खोला/नदीमा आकस्मिक बाढी आउने र त्यसले जोखिम निम्त्याउने सम्भावना रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ। बाढी महाशाखाले आज बिहान बाढी मापन गर्दा कर्णाली र महाकाली नदीको बहाब सतर्कता आसपास रहेको छ र कोसी, नारायणी, कमला, बागमती, पूर्वी राप्ती, पश्चिमराप्ती, बबई र कन्काई नदीहरुको […]
बुधबार यी नदीमा आकस्मिक बाढीको जोखिम उच्च

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। यसले गर्दा देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कमला, […]
भेरी नदीमा जलसतह बढ्दै, सतर्कता अपनाउन प्रशासनको आग्रह

जाजरकोट । जाजरकोटको रिम्ना जलमापन केन्द्रले गरेको मापन अनुसार ठुलो भेरी नदीको जलसतह उच्च हुँदै गएको छ । जलसतह खतराको तह आसपास पुगेकाले तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय जाजरकोटले आग्रह गरेको छ । मङ्गलबार बिहान प्रशासन कार्यालयले एक सूचना जारी गर्दै नदी किनार र तटीय क्षेत्र वरपर रहेका नागरिक, किसान, […]
सिन्धुपाल्चोकका खोलाहरूमा बहाव बढ्न सक्ने, सतर्कता अपनाउन आग्रह

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोक जिल्लाका केही क्षेत्रहरूमा पछिल्ला घण्टामा मापन गरिएको वर्षाका आधारमा साना खोलाहरूमा बहाव बढ्न सक्ने जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अनुसार सोमबार (आज) विहान २स्२० बजे सम्मको पछिल्लो तीन घण्टामा बोल्डे, ढुङ्गे, नुर्पुगाउँ, तार्के घ्याङ, मेलम्ची घ्याङ र भोताङ स्थित वर्षा मापन केन्द्रहरूमा मध्यम वर्षा मापन गरिएको छ। […]
आज यी जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। यसले गर्दा देशभर साधरणतया बदली रहेको छ। कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरूको […]