सुलीकोट । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकेम्पारस्थित नाकी खोला र लार खुन्ग्युको खोलामा रहेको काठे पुल बाढीले बगाएको छ । बुधबारदेखि परेको भिषण बर्षाले तिब्बती क्षेत्रमा रहेको चुमनुब्रीको–७ छेकम्पारको लार गाउँ र फुर्पे गाउँ भएर बग्ने खुन्ग्यु खोलाको दुई वटा पुल बाढीले बगाएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए ।

उहाँका अनुसार काठे पुलको बाटो भएर छेकाम्पारको लामा गाउँ, राखेन गुम्बा गाउँ, लार्के गाउँ र छुर्पे गाउँ जाने मुख्य बाटोको काठे पुल बगाउँदा त्यस गाउँका ७०० जना जनसंख्यालाई प्रत्यक्ष प्रभाब पारेको उनले बताए ।

सोहि ठाउँमा रहेको चुमनुब्री–७ खुन्यु खोलामा आएको बाढीले पुल बगाएपछि स्थानीयलाई वारपार गर्न समस्या भएको छ, पालिका अध्यक्ष लामाले भने, ‘पुल नै खोलाले बगाएपछि राजेन गुम्बा र बुद्ध आधारतभुत बिद्यालयका बिद्यार्थीहरु बिद्यालय जान नपाएर समस्यामा परेको छ ।’

निरन्तर वर्षासंगै ठाडो खोला भएर बग्ने खन्यु खोलाम स्थानीयको सहयोगमा एक महिलालाई जानै पर्ने बाध्यता भएका कारण लामो प्रयास पछि डोरीले बाँधेर खोला तारिएको चुमनुब्री गाउँपालिका – ७ का वडा अध्यक्ष टाँसी लामाले बताए ।

अहिले गाउँपालिकाको बिपत कोषबाट काम चलाउनको लागि तत्कालका लागि काठे पुल निर्माण गरी स्थानिय नागरिकहरुलाई सहज यात्रा गराउन गाउँपालिकाले वडा अध्यक्ष संग समन्वय गरी काठे पुल बनाउन लागिएको गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत मनोज लामिछानेले जानकारी दिए ।

चुमनुब्री गाउँपालिकामा दुई दिनदेखि परेको बर्षाले सबै भन्दा छेकेम्पारलाई बढी असर गरेको छ । सो क्षेत्र बाढीको जोखियुक्त क्षेत्र भएकाले पनि गण्डकी प्रदेश सरकार अन्र्तगत पुर्बाधार बिकास कार्यालय गोरखा मार्फत ४ बर्ष अगाडी सर्बे भएतापनि अहिले सम्म कुनै बजेट बिनियोजन नभएको अध्यक्ष लामाले गुनासो गरे ।

उत्तरी गोरखामा निरन्तर बर्षा भईरहेकाले थप क्षति हुन नदिन नेपाली सेना, नेपाल प्रहरी र गाउँपालिकाले चुमनुब्री बासीलाई सचेतना गराउने काम गरिरहेको छ । साथै गाउँपालिका भित्र जोखिम बढी हुने भएकाले सचेत रहन गाउँपालिकाले बिहिबार सुचना समेत जारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *