दोलखा । अविरल वर्षासँगै आएको पहिरोबाट दोलखाको बिगु गाउँपालिका–२ ओराङका १३ घरपरिवार जोखिममा परेका छन् ।

गए राति परेको अविरल वर्षासँगै आएको पहिरोबाट घरको आँगन बगाएपछि जोखिममा परेका १३ घरका ६३ जनालाई तत्कालका लागि सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिनुभयो ।

उहाँका अनुसार घरमा बस्न नसक्ने अवस्थामा रहेका वडा नम्बर २ की ४० वर्षीया सुनमाया तामाङ, वर्ष ४० का डिले तामाङ, ४० वर्षीय भीमकुमार तामाङ, वर्ष ५० की सुक्री तामाङ, वर्ष ४४ को भीमबहादुर तामाङ, वर्ष ३५ का कुमार तामाङ, वर्ष ४५ को भीमबहादुर तामाङ, वर्ष ५० का तेन्जी तामाङ, वर्ष २५ का टेके तामाङ, वर्ष ४० का कुमार तामाङ, वर्ष ६४ का एमबहादुर गुरुङ, वर्ष ३५ का मोतीलाल तामाङ र वर्ष ५० का ओम तामाङका परिवारसमेतलाई सुरक्षित स्थानमा राखिएको छ ।

पहिरोबाट घर जोखिममा परेका छन् । धनजनको क्षति भने हुन नपाएको प्रहरी निरीक्षक तिमल्सिनाले जानकारी दिनुभयो । वडाध्यक्ष दीपक ठकुरीका अनुसार आवासका लागि तत्काल प्रत्येक परिवारलाई त्रिपालको व्यवस्था गरिएको छ । पहिराबाट सुरक्षित राख्न तारजालीको व्यवस्थाको तयारी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *