आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । नेपालमा मनसुन केही कमजोर भए पनि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण देशका विभिन्न स्थानमा आज (आइतबार) पनि वर्षाको सम्भावना छ । मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले नेपालमा मनसुन […]

देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर मनसुनको प्रभाव रहेता पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ। जसको प्रभावले देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। बागमती प्रदेशका पहाडी भूभागको थोरै स्थानहरू तथा कोशी, मधेस, गण्डकी, लुम्बिनी […]

काभ्रेसहित ७ जिल्लामा ‘रेड’ र काठमाडौँलगायत ३५ वटामा ‘एल्लो अलर्ट’ जारी

काठमाडाैँ । आज (साउन २०, सोमबार) राजधानी काठमाडौँसहित देशका ४२ जिल्लाका खोला/नदीमा आकस्मिक बाढी आउने र त्यसले जोखिम निम्त्याउने सम्भावना रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ। बाढी महाशाखाले आज बिहान बाढी मापन गर्दा कर्णाली र महाकाली नदीको बहाब सतर्कता आसपास रहेको छ र कोसी, नारायणी, कमला, बागमती, पूर्वी राप्ती, पश्चिमराप्ती, बबई र कन्काई नदीहरुको […]

आज कोशी र मधेश प्रदेशका केही स्थानमा वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ रहेको छ ।जल तथा मौसम विज्ञान विभाग अनुसार आज दिउँसो देशभर अधिकांश बदली रहने छ । कोशी र मधेस प्रदेशका केही स्थान तथा अन्य प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती […]

यी चार प्रदेशमा भने भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। जसको प्रभावले हाल कोशी, बागमती र गण्डकीलगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ। बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोशी, बागमती, […]

यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। यसले गर्दा देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। बिहीबार बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम […]

नदी किनारका चितवन बासिन्दालाई अलर्ट माइकिङ

चितवन । त्रिशुली तथा कालिगण्डकीको शिरमा वर्षा भएर वाढीको जोखिम हुने भन्दै चितवनमा अलर्ट हुन सर्वसाधारणलाई अनुरोध गरेको छ । मङगलबार विहान रसुवा र साँझ मुस्ताङमा आएको वाढीको प्रभाव चितवनमा पर्ने भन्दै नदी तटीय क्षेत्रमा सचेतना फैलाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रविन्द्र खनालले बताए । प्रवक्ता खनालले गएराति भारी वर्षा भएको र पानीको मुहान […]

विपद्‌मा सतर्कता अपनाउन नागरिकलाई प्रशासनको अनुरोध

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले मनसुनजन्य विपद् पूर्व सतर्कता अपनाउन जिल्लास्थित सम्पूर्ण नागरिकहरूलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवम् विपद् सम्पर्क व्यक्ति सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले एक सार्वजनिक सूचना आह्वान गर्दै ताप्लेजुङ र भिरालो धरातल रहेको र मनसुनका बेला यस्ता स्थानहरूमा जोखिमको ठूलो सम्भावना हुने भएकोले सतर्क र […]

कञ्चनपुरकाे विभिन्न स्थानका १५ घर डुबानमा

कञ्चनपुर । आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण कञ्चनपुरका विभिन्न स्थान डुबानमा परेका छन् । जिल्लाका विभिन्न स्थानमा गरी सोमबार साँझसम्म १५ परिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको हो । वर्षापछि आएको बाढीले जिल्लाको कृष्णपुर नगरपालिका ५ र ७ मा केही परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ । आइतबार दिउँसो कृष्णपुर […]

धनगढीका झन्डै एक हजार घर डुबानमा

धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा अविरल वर्षापछि घर डुबानमा परेर फसेका आठ जनालाई प्रहरीले उद्धार गरेको छ ।धनगढी उपमहानगरपालिका –७ को बेली गाउँका चार जना र धनगढी–१३ को श्रीलंकाका चार जना गरी आठ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले घर डुबानमा परेपछि एक […]