मुस्ताङ । मुस्ताङमा गेग्य्रान र लेदोसहितको बाढी आएको छ। उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका-४ स्थित चुम्जुङ खोलामा एक्कासि लेदोसहितको बाढी आएको हो।

उक्त खोलाको बाढीका कारण थप जोखिम ननिम्त्याओस् भनेर सशस्त्र प्रहरीले तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको जनाएको छ।

खोलाका तटीय क्षेत्रहरू छुसाङ, कागबेनी, जोमसोमलगायत क्षेत्रमा सतर्कता अपनाइएको बताइएको छ।

हिमालपारिको जिल्ला मुस्ताङम खासै पानी पर्दैन। तर,पछिल्लो समयको जलवायु परिवर्तनले मुस्ताङ अछुतो छैन। मुस्ताङमा पनि बाढीपहिरोको प्रकोप बढ्न थालेको बारगुड मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजिन नाम्गेल गुरुङले बताए। उनले उपल्लो मुस्ताङ क्षेत्रमा बाढी आएपछि तल्लो तटमा बस्ने बासिन्दालाई सचेत हुन आग्रह गरिएको पनि जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *