काठमाडौं । आइतबार राति काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा पानी परिरहेको छ।
यसैबीच बाढी पूर्वानुमान महाशाखाले आइबार राति ९ बजे काभ्रेपलाञ्चोक र भक्तपुरमा पछिल्लो एक घण्टाभित्रै मध्यम वर्षा भएको भन्दै चेतावनी जारी गरेको छ।
बाढी महाशाखाले भनेको छ : पछिल्लो १ घण्टामा काभ्रेपलाञ्चोक जिल्लास्थित नाला वर्षामापन केन्द्र र भक्तपुर जिल्लास्थित नगरकोट वर्षा मापनकेन्द्रमा मध्यम वर्षा मापन भएकाले सो क्षेत्र भई वहने ससाना खोलामा बहाब बढ्न सक्ने भएकाले सतर्कता अपनाऔँ।